आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपासँग कुनै पदको बार्गेनिङ गरिन : कुलमान घिसिङ

शनिबार, १० माघ २०८२, १४ : ५३
शनिबार, १० माघ २०८२

सारांश

  • उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपासँगको एकतामा पदको बार्गेनिङ नगरेको बताए।
  • उनले रास्वपासँगको एकता भङ्ग हुनुमा अन्य कारण रहेको र आफू आश्चर्यचकित भएको उल्लेख गरे।
  • आगामी चुनावका लागि पार्टीले सशक्त तयारी गरिरहेको घिसिङको भनाइ छ।

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाको एकताका क्रममा आफूले कुनै पदको बार्गेनिङ नगरेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष घिसिङले आफू रवि लामिछानेलाई सभापति र बालेन शाहलाई वरिष्ठ नेता स्वीकार गरेर नै रास्वपासँग एकता गरेको भन्दै पदको बार्गेनिङ गरेको भन्ने आरोप सही नभएको बताए । 

पार्टी व्यवस्थापनका विषयमा आफूले छलफल गर्दा रास्वपाका शीर्ष तहबाट एकता भङ्ग भएको जानकारी आएको उनले बताए । उनले सो समयमा समानुपातिक उम्मेदवार चयनमा उज्यालो नेपाल पार्टीले त्याग नै गरेको दाबी गरे । तर प्रत्यक्षमा उज्यालो नेपालका तर्फबाट अलि बढी उम्मेदवार उठाउने प्रस्ताव आफूहरूले गरेको उनले बताए । 

उनले आफूले प्रत्यक्षतर्फको उम्मेदवार उठाउने विषयमा कुरा राख्दा रास्वपाले एकता भङ्ग गरेको र आफू आश्चर्यचकित भएको उल्लेख गरे । घिसिङले उज्यालो नेपाल पार्टीसँग एकता भङ्ग गर्न रास्वपालाई अन्यत्रबाटै दबाब आएको हुनसक्ने आशङ्का व्यक्त गरे । आगामी चुनावका लागि पार्टीले सशक्त रूपमा तयारी गरिसकेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप