एम्बाप्पे चम्किँदा रियल मड्रिडको जित, शीर्ष स्थान कब्जा
आइतबार, ११ माघ २०८२, ०३ : ५१
सारांश
- रियल मड्रिडले भिल्लारियललाई २-० गोलले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक हासिल गर्यो।
- किलियन एम्बाप्पेले ४७औँ मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाए, र पेनाल्टीमा अर्को गोल थपे।
- जितसँगै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लियो, बार्सिलोना दोस्रो स्थानमा झर्यो।
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत नेपाली समय अनुसार आइतबार बिहान सम्पन्न खेलमा रियल मड्रिडले भिल्लारियललाई २–० ले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक हात पारेको छ । किलियन एम्बाप्पेको शानदार प्रदर्शनसँगै रियलले जित दर्ता गरेको हो ।
खेलको ४७ औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै रियललाई अग्रता दिलाए । त्यसपछि खेलको अतिरिक्त समयमा पेनाल्टीमार्फत दोस्रो गोल गर्दै उनले व्यक्तिगत रूपमा दुई गोल पूरा गरे र टोलीको जित सुनिश्चित गरे । भिल्लारियलले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन ।
यो जितसँगै रियल मड्रिड ५१ अंकसहित ला लिगा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यसअघि शीर्ष स्थानमा रहेको बार्सिलोना ४९ अंकसहित दोस्रो स्थानमा झरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण