'संगीत तथा सांस्कृतिक क्षेत्रमा संगीतकर्मी संघको योगदान प्रशंसनीय'
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले राष्ट्रिय संगीतकर्मी संघले संगीत तथा सांस्कृतिक क्षेत्रमा पुर्याउँदै आएको योगदान प्रशंसनीय रहेको बताएका छन्।
शनिबार राष्ट्रिय संगीतकर्मी संघ, केन्द्रीय कार्यसमितीले आयोजना गरेको पिकनिकसहितको कार्यक्रममा बोल्दै आईजीपी कार्कीले कलाकार समाजका ऐनाजस्तै भएको उल्लेख गरे। उनले संघले कलाकारको हकअधिकार, सामाजिक सम्मान र सांस्कृतिक पहिचान जोगाउन खेलेको भूमिका उदाहरणीय रहेको बताए। संघले सञ्चालन गर्दै आएका विभिन्न कार्यक्रम, अभियान र गतिविधिको प्रशंसा गर्दै आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
कार्यक्रममा संघका अध्यक्ष प्रकाश कटुवालले संघको स्थापना कालदेखि हालसम्मको यात्रामाथि प्रकाश पारे। उनले संघले भोगेका चुनौती, संघर्ष र उपलब्धिको चर्चा गर्दै कलाकारहरूको साझा संस्थाका रूपमा संघ स्थापित हुनुमा विगतका नेतृत्व, सदस्य र शुभेच्छुकको योगदान महत्वपूर्ण रहेको बताए। अध्यक्ष कटुवालले वर्तमान कार्यसमिती संस्थागत सुदृढीकरण, पारदर्शिता र परिणाममुखी कार्यदिशामा केन्द्रित भएर अघि बढिरहेको जानकारी दिए।
कार्यक्रममा संघका पूर्व अध्यक्ष राजेन्द्र कार्की लगायत वक्ताले कलाकारको हकहित, पेशागत सुरक्षा र एकताको आवश्यकता औंल्याएका थिए। कार्यक्रममा संघले पछिल्लो समय गरेका संस्थागत सुधार, सदस्य विस्तार र कलाकारसँगको प्रत्यक्ष संवादप्रति सहभागी कलाकार र अतिथिले सकारात्मक प्रतिक्रिया दिएका थिए।

उक्त अवसरमा समाज, पत्रकारिता, व्यवसाय, सेवा तथा सांस्कृतिक क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले, पहिलो सगरमाथा आरोही प्रहरी नायब निरीक्षक कुञ्जाङ छोपेल शेर्पा, समाजसेवी कमल जिसी, ग्रीन सिटी अस्पतालका सञ्चालक प्रविन टण्डन, समाजसेवी केशव सापकोटा, व्यवसायी विनोद श्रेष्ठ, अशोक गिरी लगायत रहेका छन्।
कार्यक्रमका विशिष्ट अतिथिमा संघका सल्लाहकारसमेत रहेका नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराई, नेपाली कांग्रेस रामेछापका पूर्व सभापति तथा हाल प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र खड्का लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमकै अवसरमा करिब ७०–८० जनालाई आजीवन सदस्यता वितरण गरिएको संघले जनाएको छ। कार्यक्रम संयोजक तथा उपाध्यक्ष रमेश दुलाल ‘कागे’ले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले कलाकारबीच एकता र संगठनात्मक मजबुती बढाउने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी उपराष्ट्रपति भान्सलाई पुत्रलाभ, बने चौथो सन्तानको पिता
-
स्पेनसँग पराजित भएपछि मेस्सीको प्रतिक्रिया, ‘उनीहरू हामीभन्दा उत्कृष्ट थिए’
-
अविरल वर्षा र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्ग अवरुद्ध, कतिपय सडक पूर्ण ठप्प
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
बर्डफ्लुका कारण २७ दिन चिडियाखाना बन्द हुँदा तीन करोड घाटा
-
घरजग्गा कारोबार : कुन महिनामा कति उठ्यो राजस्व ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण