लुम्बिनी प्रदेशमा १६१ जनाले गरे मतदान
आइतबार, ११ माघ २०८२, ११ : ४४
सारांश
- लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान बिहान ११ बजेसम्म १६१ जनाले गरे।
- प्रदेशसभा तर्फबाट ५२ र स्थानीय तहबाट १०९ जनाले मतदान गरिसकेका छन्।
- मुख्यमन्त्री चेतनाराणण आचार्यले मतदान गरेर प्रक्रिया सुरु भएको थियो।
बुटवल । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान प्रक्रियामा बिहान ११ बजेसम्म १६१ जनाले मतदान गरेका छन् । निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले अहिलेसम्म १६१ जनाले मतदान गरेको जानकारी दिए।
प्रदेशसभा तर्फबाट ५२ र स्थानीय तहबाट १०९ जनाले मतदान गरिसकेको कुँवरले बताए । बिहान ९ बजे मुख्यमन्त्री चेतनाराणण आचार्यले मत हालेर मतदान प्रक्रिया सुरु भएको थियो ।
मतदान दिउँसो तीन बजेसम्म हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण