नेपाल खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह : ५४५ जना दीक्षित
आइतबार, ११ माघ २०८२, १३ : २८
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा सहभागी विभित्र सङ्कायका उत्तीर्ण विद्यार्थीलाई आज दीक्षित गरेकी छन्।
विश्वविद्यालयद्वारा आयोजित समारोहमा कुलपतिसमेत रशनुभएकी प्रधानमन्त्री कार्कीले विज्ञान, स्वास्थ तथा प्रविधि सङ्काय, सामाजिक शास्त्र तथा शिक्षा सङ्काय र व्यवस्थापन तथा कानुन सङ्कायका गरी पाँच सय ४५ उत्तीर्ण विद्यार्थीलाई दीक्षित गरेकी हुन् । तीमध्ये समारोहमा एक सय ९१ को उपस्थिति थियो ।
प्रधानमन्त्री कार्कीले स्नातक र स्नातकोत्तर तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई कुलपति पदकसमेत वितरण गरिन् । विसं २०७३ मा स्थापित विश्वविद्यालयले हाल स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा अध्यापन गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण