झापा- ५ मा बालेनबिना घरदैलो : श्रीमतीदेखि सचिवालयसम्म सहभागी हुने
आइतबार, ११ माघ २०८२, १७ : २४
३
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र शाहको नेतृत्वमा झापा ५ मा घरदैलो अभियान सुरु गर्दैछ।
- बालेनको अनुपस्थितिमा उनको सचिवालय र रास्वपाका नेताहरू घरदैलोमा सहभागी हुनेछन्।
- अभियान भोलि दमक-९ उराउ बस्तीबाट सुरु भई विभिन्न स्थानहरूमा पुग्नेछ।
काठमाडौंँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका बालेन्द्र शाह (बालेन) को टिमले भोलिबाट झापा ५ मा घरदैलो गर्ने भएको छ ।
बालेन नभए पनि उनको सचिवालय र झापा जिल्लाका रास्वपा नेताहरू घर दैलोमा सहभागी हुनेछन् । सचिवालयका अनुसार बालेनकी श्रीमती सविना काफ्लेसहित सचिवालय सदस्य नवीन भण्डारी र रास्वापाका नेताहरू झापा ५ को घरदैलोमा सहभागी हुन्छन् ।
भोलि बिहान दमक- ९ उराउ बस्तीमा भेला भएर घरदैलो अभियान सुरु हुन लागेको सचिवालय सदस्य भण्डारीले जानकारी दिए । उराउ बस्तीबाट सुरु गरेर पाणिनी स्कुल हुँदै देवसिङ टोल, नौ भाइ चोक, बुद्धचोक हुँदै उराउ बस्ती मै आएर भोलिको घरदैलो समापन हुने उनले बताए । बालेन भने भोलिबाट पश्चिम लाग्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण