‘प्रभुराम राई आमन्त्रित फुटबल कप–२०८२’को उपाधि नेर्पा स्पोर्टस्लाई
सारांश
- प्रभुराम राई आमन्त्रित फुटबल कप–२०८२ को उपाधि नेर्पा स्पोर्टस क्लबले जित्यो ।
- फाइनलमा गछिया युवा समाज मोरङलाई ट्राइब्रेकरमा हराउँदै नेर्पाले उपाधि पक्का गर्यो ।
- प्रतियोगितामा उत्कृष्ट खेलाडी सलिन ढकाल घोषित भए, उनले पुरस्कार पाए।
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा सम्पन्न जिल्लाकै सर्वाधिक राशिको ‘प्रभुराम राई आमन्त्रित फुटबल कप–२०८२’को उपाधि नेर्पा स्पोर्टस क्लब नेर्पाले जितेको छ । बुइपास्थित यलम्बर खेलमैदानमा आइतबारसम्पन्न फाइनल खेलमा गछिया युवा समाज मोरङलाई ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै नेर्पा स्पोर्टस क्लब नेर्पा खोटाङले उपाधि जितेको हो ।
उपाधि विजेता नेर्पाले नगद रु तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । जिल्लाभित्रका छ तथा बाहिरी जिल्लाका चारवटा फुटबल क्लबगरी दश टोलीको सहभागिता रहेको प्रतियोगिताका उपविजेता गछिया युवा समाज मोरङले नगद रु एक लाख ५१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताका सेमिफाइनलिस्ट दुई समूह खारम्बु स्पोर्टस् क्लब खार्मी र आयोजक बुइपा–११ स्पोर्टस् क्बल बुइपाले नगद रु ५०/५० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । हरेक खेलमा म्यान अफ दि म्याच घोषणा गरिएको प्रथम आमन्त्रित फुटबल प्रतियोगिता अवधिभरका सर्वोत्कृष्ट खेलाडीमा नेर्पा स्पोर्टस् क्लबका सलिन ढकाललाई नगद रु ३० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक क्लबका सचिव रोशन चाम्लिङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण