अपडेट
निर्वाचन आयोगले शक्ति बस्नेतलाई सोध्यो स्पष्टीकरण
सोमबार, १२ माघ २०८२, ११ : ०१
सारांश
- निर्वाचन आयोगले नेकपा नेता शक्ति बस्नेतलाई निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा स्पष्टीकरण सोधेको छ।
- आयोगले बस्नेतलाई बाजागाजासहित आचारसंहिता विपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेको हो।
- आयोगले तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ, अन्यथा कारबाही हुने चेतावनी दिएको छ।
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा जाजरकोटबाट उम्मेदवार बनेका शक्ति बस्नेतलाई स्पष्टीकरण सोधेको छ।
निर्वाचन आयोगका अनुसार माघ ६ गते उजुरी प्राप्त भएपछि छानबिनका क्रममा बाजागाजा बजाउँदै आचारसंहिता विपरीत गतिविधि गरेको देखिएको भन्दै आयोगले बस्नेतसँग स्पष्टीकरण माग गरेको हो।
आयोगले जारी गरेको पत्रमा निर्वाचन आचारसंहिता विपरीतको कार्य गरेको देखिएकाले किन निर्वाचन कानून बमोजिम कारबाही नगर्ने भन्ने सम्बन्धमा स्पष्टिकरण पेस गर्न आग्रह गरेको छ।
आयोगले उक्त पत्र प्राप्त भएको मितिले तीन दिनभित्र स्वयं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालय जाजरकोट अथवा निर्वाचन आयोग, नेपालमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा च्याउ खोज्न गएका महिलाहरु परिवारकाे सम्पर्कमा
-
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
स्कुटर चोरीको अभियोगमा एक जना पक्राउ
-
नयाँ भनिएकाहरूमा पनि तानाशाहीको गन्ध आयो : रक्षा बम
-
पृथ्वी राजमार्गको पहिरो पन्छाइयो, नारायणगढ–काठमाडौँ सडक दुईतर्फी सुचारु
-
पार्टीको औपचारिक निर्देशन नआएसम्म एमालेका मन्त्रीले राजीनामा नदिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण