नेपालमा शङ्कास्पद गतिविधि गरेको आरोपमा चिनियाँ र अमेरिकन नागरिक पक्राउ
सारांश
- अध्यागमन विभागले शङ्कास्पद गतिविधि गरेको आरोपमा एक चिनियाँ र एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ।
- चिनियाँ नागरिकले पर्यटक भिसामा नेपाल प्रवेश गरी व्यावसायिक भिसामा विभिन्न विद्यालयमा पढाएको पाइएको छ।
- अमेरिकी नागरिकले बालगृह सञ्चालन गरी बालबालिकालाई क्रिस्चियन धर्म प्रचारमा लगाएको आरोप छ।
काठमाडौँ । नेपालमा बसेर शङ्कास्पद गतिविधि गरेको आरोपमा अध्यागमन विभागले एक जना चिनियाँ नागरिक र एक जना अमेरिकनलाई पक्राउ गरेको छ । सोमबार चिनियाँ नागरिकलाई चाबहिलबाट र अमेरिकन नागरिकलाई ठैवबाट पक्राउ गरिएको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले रातोपाटीलाई बताए ।
उनीहरू भिसाको उद्देश्य विपरीत शङ्कास्पद गतिविधिमा संलग्न रहेको विभागको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । विभागले उनीहरूको नाम सार्वजनिक गरेको छैन । पकनाजोलमा फ्ल्याट लिएर बस्दै आएका चिनियाँ नागरिक २०१२ मा पर्यटक भिसामा नेपाल आएको र त्यसपछि १३ पटक व्यावसायिक भिसा लिएको भेटिएको छ । ६ वटा कम्पनी स्थापना गरेर व्यावसायिक भिसा लिए पनि उनले विभिन्न विद्यालयहरूमा अध्यापन गर्दै आएको निर्देशक ढकालले बताए । उनले भने, ‘पर्यटक र व्यावसायिक भिसामा नेपालमा बस्दा विदेशी नागरिकले काम गर्न नपाउने कानुनी व्यवस्था छ ।’
अमेरिकी नागरिक २०१७ मा पहिलो पटक नेपाल प्रवेश गरेका थिए । सन् २०२० मा पुनः नेपाल आएर उनले सिन्धुपाल्चोकको साँगाचोकगढीमा क्याल्भेरी सर्भिस सेन्टर प्रालि नामको कम्पनी स्थापना गरेका थिए । सो कम्पनीको ठेगाना ललितपुरका सैंबुमा उल्लेख गरेको भेटिएको छ । उनले ललितपुरको गोदावरीमा बालगृह सञ्चालन गरेको र बालबालिकालाई क्रिस्चियन धर्म प्रचारमा लगाउने गरेको विभागको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको निर्देशक ढकालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण