घरायसी विवादले निम्त्यायो बीभत्स घटना : धनगढीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
सारांश
- कैलालीको धनगढीमा घरायसी विवादका कारण एक महिलाको ज्यान गएको छ।
- श्रीमान् सतिङ दाहालले श्रीमती हिरा दाहाललाई कुटपिट गर्दा हिराको मृत्यु भएको हो।
- प्रहरीले सतिङ दाहाललाई पक्राउ गरी ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ।
धनगढी । कैलालीको धनगढीमा सामान्य घरायसी विवादले उग्र रूप लिँदा एक महिलाको ज्यान गएको छ । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले धनगढी उपमहानगरपालिका–८ घर भई हाल वडा नम्बर १३ राजपुरमा डेरा गरी बस्ने सतिङ दाहाललाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार आइतबार राति ३० वर्षीया हिरा दाहाल र उनका श्रीमान् सतिङबिच घरायसी विषयलाई लिएर भनाभन भएको थियो । विवाद बढ्दै गएपछि सतिङले श्रीमतीमाथि निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएकी हिरालाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
श्रीमतीको मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको विशेष टोलीले सक्रियता देखाएको थियो । प्रहरीले अस्पताल परिसर नजिकैबाट सतिङलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका दाहालमाथि ज्यान मुद्दामा थप कानुनी प्रक्रिया अगाडि बढाइएको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण