रुसले गर्यो इन्टरपोल ‘वान्टेड लिस्ट’ को दुरुपयोग
सारांश
- रुसले इन्टरपोल प्रणालीको दुरुपयोग गर्दै विदेशमा रहेका आफ्ना आलोचकहरूलाई निशाना बनाएको खुलासा भएको छ।
- बीबीसी र 'डिस्क्लोज'का अनुसार रुसले झुटा आरोपमा पक्राउ गर्न 'रेड नोटिस' र 'रेड डिफ्युजन' प्रयोग गरेको पाइएको छ।
- इन्टरपोलमा रुसविरुद्ध सबैभन्दा धेरै उजुरी परेका छन् र युक्रेनमाथिको आक्रमणपछि निगरानी बढाइएको छ।
मस्को । रुसले विदेशमा रहेका आफ्ना आलोचक, राजनीतिक विरोधी, व्यापारी र पत्रकारलाई निशाना बनाउन अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टरपोलको प्रणाली दुरुपयोग गर्दै आएको खुलासा भएको छ । इन्टरपोलका एक ह्विसलब्लोअरले उपलब्ध गराएका हजारौँ गोप्य कागजातले यो खुलासा गरेको हो ।
रुसले इन्टरपोलको ‘रेड नोटिस’ र ‘रेड डिफ्युजन’ प्रयोग गरी झुटा आपराधिक आरोपमा पक्राउको अनुरोध गर्ने गरेको बीबीसी वर्ल्ड सर्भिस र फ्रान्सेली अनुसन्धानात्मक संस्था ‘डिस्क्लोज’ लाई प्राप्त तथ्याङ्कले देखाएको छ ।
डेटाको विश्लेषणअनुसार पछिल्लो एक दशकमा इन्टरपोलको स्वतन्त्र उजुरी इकाईमा सबैभन्दा धेरै उजुरी रुसविरुद्ध परेका छन् । यो दोस्रो स्थानमा रहेको टर्कीको तुलनामा तीन गुणा बढी हो ।
ती उजुरीका आधारमा रुसका अनुरोधहरू अन्य कुनै पनि देशभन्दा बढी मात्रामा उल्टाइएका छन् । युक्रेन माथिकाे आक्रमणपछि इन्टरपोलले रुसको गतिविधिमा थप निगरानी र जाँच सुरु गरेको दाबी गरेको छ । तर, लिक भएका कागजातले ती उपाय प्रभावकारी नभएको सङ्केत गर्छन् ।
ह्विसलब्लोअरका अनुसार २०२५ मा केही कडा उपायहरू चुपचाप हटाइएका थिए । पछिल्ला खुलासाले अन्तर्राष्ट्रिय न्याय प्रणालीको दुरुपयोगबारे गम्भीर प्रश्न उठाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण