टी–२० विश्वकप खेल्ने कि नखेल्ने : पाकिस्तानको गृह मन्त्रालयले के भन्यो ?
इस्लामाबाद । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आगामी टी२० विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा गरे पनि प्रतियोगितामा पाकिस्तानको सहभागिता भने अझै अन्योलमा छ। अर्को महिना भारत र श्रीलंकामा आयोजना हुने यस प्रतियोगिता सहभागी हुने वा नहुने भन्नेबारे अन्तिम निर्णय लिन आज महत्त्वपूर्ण बैठक बस्दैछ।
गृह मन्त्रालयले जारी गरेको बयानअनुसार गृहमन्त्री तथा पिसीबीका अध्यक्ष मोहसिन नक्वीले आज सोमबार प्रधानमन्त्री शहबाज शरीफसँग भेट गर्दैछन्। उक्त भेटमा विश्वकपमा पाकिस्तानको सहभागिताको विषयमा गहन छलफल हुने र प्रधानमन्त्रीले नै अन्तिम फैसला गर्ने बताइएको छ। नक्वीले बंगलादेश क्रिकेट टोली विश्वकपबाट बाहिरिएको पछिल्लो परिस्थितिबारे प्रधानमन्त्रीलाई जानकारी गराउनेछन् र आफ्नो तर्फबाट सुझावहरू पनि पेश गर्नेछन्।
यसअघि बंगलादेश क्रिकेट बोर्डले सुरक्षाको कारण देखाउँदै भारतमा हुने खेलहरू खेल्न इन्कार गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशको स्थानमा स्कटल्याण्डलाई सहभागी गराउने निर्णय गरिसकेको छ। पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नक्वीले यसअघि नै सुरक्षाको मुद्दामा पाकिस्तान बंगलादेशको साथमा रहेको बताएका थिए।
बंगलादेशले असुरक्षा देखाउँदै विश्वकप त्यागेपछि अब पाकिस्तानले कस्तो कदम चाल्छ भन्ने विषयलाई क्रिकेट जगतले चासोका साथ हेरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण