विज्ञापनका विषयमा विद्यमान कानुन र अवस्थाबारे अन्तरक्रिया
सारांश
- विज्ञापन बोर्डले विज्ञापनसम्बन्धी कानुन र अवस्थाबारे सरोकारवालासँग छलफल गर्यो।
- अन्तक्र्रियामा प्रदेश र स्थानीय सरकारलाई पनि कानुन कार्यान्वयन गर्न सुझाव दिइयो।
- विज्ञापन बोर्डका अध्यक्षले स्थानीय तहले बोर्डको अधिकार प्रयोग गर्न सक्ने बताए।
नेपालगन्ज । विज्ञापन बोर्डले विज्ञापनका विषयमा विद्यमान कानुन र त्यसको अवस्थाबारे सरोकारवालासँग अन्तर्क्रिया गरेको छ ।
बोर्डले सोमबार यहाँ आयोजना गरेको ‘विज्ञापन नियमनमा सरोकारवालाको भूमिका’ विषयक अन्तर्क्रियामा सङ्घबाहेक प्रदेश र स्थानीय सरकारले पनि यसलाई कार्यान्वयन गर्न सुझाव दिएका थिए।
सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले विज्ञापनको विषय उपभोक्तासँग गाँसिएको विषय भएको उल्लेख गर्दै विभिन्न ‘प्लेटफर्म’मा आएका विज्ञापनलाई नियन्त्रण र नियमन गर्न समन्वयकारी भूमिका निर्वाह गरिने बताए ।
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले विज्ञापनले मनोसामाजिक रूपमा प्रभाव पारेको उल्लेख गर्दै नेपालमा मदिराको विज्ञापन गर्न रोक लगाउनु मञ्चको ठुलो उपलब्धि भएको बताए । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन बोर्डको अधिकार प्रयोग गरेर स्थानीय तहले काम गर्न सक्ने उल्लेख गर्दै जथाभाबी रूपमा प्रयोग भएको होर्डिङ बोर्डले सहरी सौन्दर्यकरण बिगारेको बताए ।
उक्त अवसरमा स्थानीय तह र प्रदेश सरकारले विज्ञापनका विषयमा गर्ने नियमन र जरिवानाका विषयमा जानकारी गराइएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण