बायर्न म्युनिखमा ह्यारी केनको तहल्का : सम्झौता नवीकरणका लागि क्लबसँग वार्ता सुरु
सारांश
- बायर्न म्युनिख र ह्यारी केनबीच सम्झौता नवीकरणबारे छलफल सुरु भएको छ।
- केनले बायर्नका लागि १२६ खेलमा ११९ गोल र ३० असिस्ट गरेका छन्, र बुन्डेसलिगा उपाधि जितेका थिए।
- केनले म्युनिखमा बस्न चाहेको र प्रशिक्षक कोम्पनीको टोलीबाट ३० खेलमा ३४ गोल गरिसकेका छन्।
म्युनिख । जर्मन महारथी बायर्न म्युनिख र इंग्लिस कप्तान ह्यारी केनबिच सम्झौता नवीकरणका लागि छलफल सुरु भएको छ। क्लबका स्पोर्ट्स डाइरेक्टर म्याक्स एबर्लले केनको सम्झौता थप्ने विषयमा कुराकानी भइरहेको पुष्टि गरेका हुन्।
सन् २०२३ मा टोटनहमबाट कीर्तिमानी १०० मिलियन युरोमा बायर्न भित्रिएका ३२ वर्षीय केनले जर्मनीमा लोभलाग्दो प्रदर्शन गरिरहेका छन्। बायर्नका लागि अहिलेसम्म खेलेका १२६ खेलमा केनले ११९ गोल गर्दै ३० असिस्ट समेत प्रदान गरिसकेका छन्।
उनकै उत्कृष्ट प्रदर्शनको मद्दतले बायर्नले २०२४-२५ को बुन्डेसलिगा उपाधि समेत जितेको थियो, जुन केनको व्यावसायिक करियरको पहिलो ठूलो ट्रफी हो। फ्र्याङ्कफर्टमा आयोजित एक कार्यक्रममा एबर्लले केनसँग सकारात्मक कुराकानी भइरहेको र समय आएपछि उचित निर्णय लिइने बताएका छन्।
केन स्वयंले पनि अक्टोबरमा म्युनिखमा आफ्नो बसाइ लम्बिन सक्ने संकेत गरेका थिए। प्रिमियर लिग फर्कने उनको इच्छा अहिले कम हुँदै गएको र परिवारसँग म्युनिखमा निकै रमाइरहेको उनले बताएका छन्।
जारी सिजनमा पनि केनको लय रोकिएको छैन। प्रशिक्षक भिन्सेन्ट कोम्पनीको टोलीबाट उनले ३० खेलमा ३४ गोल गरिसकेका छन्। रोबर्ट लेवान्डोस्कीको एकै सिजनमा ४१ गोल गर्ने ऐतिहासिक कीर्तिमान तोड्ने लक्ष्यमा उनी निकै नजिक देखिन्छन्।
क्लबका प्रमुख कार्यकारी अधिकृत जान-क्रिस्टियन ड्रेसेनले केन र उनको परिवार म्युनिखमा पूर्ण रूपमा घुलमिल भइसकेको जानकारी दिएका छन्। केनले क्लबमाथि ठूलो भरोसा राखेको र अहिले नै सम्झौताका लागि हतार गरिहाल्नुपर्ने अवस्था नरहेको ड्रेसेनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण