डाक्टर बन्न आफ्नै खुट्टा काट्ने युवक
सारांश
- उत्तर प्रदेशका एक युवकले डाक्टर बन्नका लागि मेडिकल कलेजमा आरक्षण पाउन आफ्नै खुट्टा काटे।
- नीट परीक्षामा असफल भएपछि उनले अपाङ्गता कोटाबाट भर्ना हुन यस्तो खतरनाक बाटो रोजेका थिए।
- प्रहरी अनुसन्धानमा उनले योजना बनाएको र दुखाइ कम गर्न एनेस्थेसिया प्रयोग गरेको खुल्यो।
उत्तर प्रदेश । सपना पूरा गर्न मान्छे कुन हदसम्म जान सक्छ भन्ने डरलाग्दो उदाहरण भारतको उत्तर प्रदेशमा देखिएको छ। त्यहाँका २० वर्षीय सुरज भास्करले डाक्टर बन्ने सपना पूरा गर्न मेडिकल कलेजको आरक्षण (कोटा) पाउन आफ्नै खुट्टा काटेर फालेका छन्।
लगातार दुई पटक नीटको प्रवेश परीक्षामा असफल भएपछि उनले अपाङ्गता कोटाबाट भर्ना हुन यस्तो खतरनाक बाटो रोजेका हुन्। सुरुमा यो घटना हिंसात्मक आक्रमण जस्तो देखिन्थ्यो।
सुरजका दाइ आकाश भास्करले प्रहरीलाई खबर गर्दै भाइमाथि अज्ञात समूहले आक्रमण गरेको र खुट्टा काटिएको अवस्थामा भेटिएको बताएका थिए। प्रहरीले तत्काल केस दर्ता गरेर अनुसन्धान थाल्यो। तर, अनुसन्धानका क्रममा सुरजको बयान र घटनास्थलको प्रकृति मेल नखाएपछि प्रहरीको शंका उनीतिरै सोझियो।
भारतमा सरकारी तथा सरकारी अनुदान प्राप्त मेडिकल कलेजहरूमा अपाङ्गता भएका व्यक्तिका लागि ५ प्रतिशत आरक्षणको व्यवस्था छ, जसको फाइदा उठाउन सुरजले यो योजना बनाएको खुल्यो।
प्रहरीले अनुसन्धानका क्रममा सुरजको डायरी फेला पारेको छ, जसमा उनले ‘म २०२६ मा एमबीबीएस डाक्टर बन्नेछु’ भनेर लेखेका थिए। प्रहरीका अनुसार सुरजले खुट्टा काट्न धारिलो हतियार नभई मेसिनको प्रयोग गरेको देखिन्छ।
चिकित्सकहरूले घाउको प्रकृति हेर्दा यो कुनै हिंसात्मक आक्रमण नभई मेसिनले काटेको जस्तो ‘क्लिन कट’ भएको बताएका छन्। घटनास्थल नजिकै भेटिएका सिरिन्जहरूले उनले खुट्टा काट्नुअघि दुखाइ कम गर्न एनेस्थेसिया (लठ्याउने औषधि) प्रयोग गरेको सङ्केत गरेको छ।
सुरजकी प्रेमिकाले पनि उनी डाक्टर बन्न कति पागलपनको हदसम्म पुगेका थिए भन्ने बयान दिएकी छिन्। यसअघि उनले नक्कली अपाङ्गता प्रमाणपत्र बनाउने प्रयास गरे पनि सफल भएका थिएनन्।
प्रहरी प्रवक्ताका अनुसार आरोपीले पटक–पटक बयान फेरेर अनुसन्धानलाई दिग्भ्रमित पार्ने प्रयास गरेका थिए। अहिले उनलाई उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको छ भने काटेको खुट्टा अझै भेटिएको छैन।
यस्तो बीभत्स हर्कत गर्ने युवकमाथि कस्तो कानुनी कारबाही गर्ने भन्नेमा प्रहरी नै अलमलमा छ। यद्यपि, डाक्टर बन्ने सनकमा उनले जीवनभरका लागि एउटा खुट्टा भने गुमाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण