बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बक्स अफिसमा ‘बोर्डर २’ को सुनामी : ४ दिनमै २३९ करोड कमायो

मङ्गलबार, १३ माघ २०८२, १० : ५३
मङ्गलबार, १३ माघ २०८२

सारांश

  • सन्नी देओलको फिल्म 'बोर्डर २' ले बक्स अफिसमा राम्रो कमाई गर्दै विश्वभरबाट २३९ करोड भारु कमायो।
  • फिल्मले भारतमा १७७ करोड र विदेशमा २७ करोड भारु कमाइ गर्‍यो, र गणतन्त्र दिवसमा दोस्रो सर्वाधिक कमाइ गर्ने बन्यो।
  • यो फिल्मले 'फाइटर' र 'पद्मावत' लाई पछि पार्‍यो, तर 'पठान' को रेकर्ड तोड्न सकेन, र दर्शकहरू हलमा ट्र्याक्टरमा चढेर फिल्म हेर्न गए।

मुम्बई । सन्नी देओलको फिल्म ‘बोर्डर २’ ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ। २३ जनवरीमा रिलिज भएको यो फिल्मले ओपनिङ डेदेखि नै आक्रामक व्यापार गर्दै चार दिनभित्रै विश्वभरबाट २३९ करोड भारतीय रुपैयाँ कमाउन सफल भएको छ। 

भारतको गणतन्त्र दिवसको बिदाको भरपुर फाइदा उठाउँदै फिल्मले सोमबार मात्रै ५९ करोड भारु कलेक्सन गरेको छ। अनुराग सिंहको निर्देशनमा बनेको यो फिल्म सन् १९७१ को भारत–पाकिस्तान युद्धमा आधारित छ। 

फिल्मले रिलिजको तीन दिनमै १०० करोडको आँकडा पार गरेको थियो। चौथो दिनको कमाइसँगै भारतमा मात्र फिल्मको कुल नेट कलेक्सन १७७ करोड भारु पुगेको छ भने ग्रस कलेक्सन २१२.२ करोड पुगेको छ। विदेशबाट पनि फिल्मले राम्रो कमाइ गर्दै २७ करोड बटुलेको छ।

  • पठानभन्दा पछि, तर फाइटर र पद्मावतलाई पछार्‍यो

गणतन्त्र दिवसका दिन सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा ‘बोर्डर २’ दोस्रो नम्बरमा उक्लिएको छ। यसले ऋतिक रोशनको ‘फाइटर’, रणवीर सिंहको ‘पद्मावत’, शाहरुखको ‘रइस’ र ‘अग्निपथ’ जस्ता फिल्मलाई पछि पारेको छ। 

यद्यपि, शाहरुख खानको ‘पठान’ को रेकर्ड भने तोड्न सकेन। पठानले गणतन्त्र दिवसको दिन ६८ करोड कमाएको थियो भने ‘बोर्डर २’ ५९ करोडमा रोकियो।

  • ट्र्याक्टरमा चढेर हल पुग्दै दर्शक

२७५ करोडको भारी बजेटमा बनेको यो फिल्ममा सन्नी देओल, वरुण धवन, दिलजीत दोसांझ र अहान शेट्टी मुख्य भूमिकामा छन्। २९ वर्षअघि आएको कल्ट फिल्म ‘बोर्डर’ सँग तुलना गर्दा सुरुमा यसले मिश्रित प्रतिक्रिया पाएको थियो। तर रिलिजपछि बलियो ‘वर्ड अफ माउथ’ र कलाकारको अभिनयका कारण दर्शकको भीड हलमा उर्लिएको छ। 

भारतका कतिपय ठाउँमा दर्शकहरू ट्र्याक्टर र ट्रलीमा चढेर फिल्म हेर्न गइरहेको र हलमा नाराबाजी गरिरहेको देखिएको छ। ४८०० स्क्रिनमा १७ हजार शोका साथ रिलिज भएको फिल्मको शो सङ्ख्या दर्शकको मागपछि अझै बढाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप