सहायक सिडियो र कोष नियन्त्रक तोकिए निर्वाचन आचारसंहिता अनुगमन अधिकृत
मङ्गलबार, १३ माघ २०८२, १४ : ०३
सारांश
- निर्वाचन आयोगले ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी र कोष नियन्त्रकलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको छ।
- आयोगले फागुन २१ मा हुने निर्वाचनका लागि जारी आचारसंहिताको प्रभावकारी कार्यान्वयनको अनुगमन गर्नेछ।
- यसअघि केन्द्रबाट हुने अनुगमनको अधिकार अब जिल्लास्तरमै प्रत्यायोजन गरिएको छ।
काठमाडौँ । निर्विाचन आयोगले ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी र कोष नियन्त्रकलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकेको छ ।
आयोगको माघ १० गतेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख कोष नियन्त्रकलाई आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकेको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिएका छन् ।
उनीहरूलाई फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिता प्रभावकारी कार्यान्वयन गरे/नगरेको अनुगमन तथा कारबाहीसहितको अधिकार दिइएको आयोगले जनाएको छ ।
यसअघि निर्वाचन आचारसंहिताबारे आयोगको केन्द्रीय कार्यालयले नै उजुरी लिँदै आएको थियो । यो निर्णयपछि सम्बन्धी जिल्लाबाटै आचारसंहिता उल्लङ्घन भए/नभएको अनुगमन र कारबाहीको अधिकार प्रत्यायोजन गरिएको आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण