चुनावी लहरले छाेएन व्यवसायीलाई, तस्बिरहरू
काठमाडौँ । प्रतिनिधिसभा चुनाव आउन करिब एक महिना बाँकी हुँदा पनि प्रचार सामाग्री बनाउने व्यवसायीहरूलाई चुनावको लहरले छुन सकेको छैन ।
“अरू बेला खासै यस्ता कुराको अर्डर आउँदैन । अहिले हल्का तरिकाले अर्डर आइरहेको छ,” बागबजारका एक व्यवसायीले भने । चुनाव सङ्घारमै आइपुग्दा पनि प्रचार सामाग्रीको अर्डर व्यवसायीहरूसम्म अझै आइपुगेको छैन ।
“पहिला भएका चुनाव अघि नै निर्वाचन सामाग्रीको माग बढ्ने गर्थ्यो तर अहिले त्यसो हुन सकिरहेको छैन । अहिले हामी दैनिक एक दुई हजारको हाराहारीमा झण्डा बनाइरहेका छाैँ । हामीले स्टक पनि राख्नको लागि काम अघि बढाइरहेका हौँ।” ललितपुरका धिरज न्यौपानेले रातोपाटीलाई भने ।
निर्वाचन प्रचारप्रसारमा दलका झण्डाको प्रयोग धेरै हुने हुनाले झण्डा र प्रचार सामग्री बनाउनेहरू अहिले व्यस्त हुनुपर्ने भए पनि अहिले अर्डर आउन मै पनि अलमल भइरहेको छ ।
“पहिला त चुनावको एक महिना अघि हामीलाई अर्डर पुरा गर्न हम्मेहम्मे पर्ने हुन्थ्यो । एकै पटक लाख–लाख पिसको अर्डर आउने गर्थ्यो, यो पटक त खोइ किन हो त्यस्तो चहलपहल नै छैन,” न्यौपानेले भने ।
तर यसबिच भने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार सामाग्रीको अर्डर भने तुलनात्मक रूपमा बढी छ । “रास्वपाको अर्डर त आएको छ तर कपडा छैन । अरू पार्टीको कपडा सामान्यतया पनि प्रयोग हुन्छ तर रास्वपाको स्टकमा पनि राख्न मान्दैनन्, पछि केही काममा खासै प्रयोग हुँदैन त्यसैले पाउन पनि गाह्रो भइरहेको छ,”उनले भने ।




















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण