निर्वाचनमा डिजिटल प्रचार हाबी, युवा मतदाता लक्षित रणनीति बनाउन चुनौती : शेखर कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा डिजिटल प्रचारको प्रभाव बढ्ने र युवा मतदाता लक्षित विशेष रणनीति अख्तियार गर्नुपर्ने चुनौती रहेको बताएका छन् ।
मङ्गलबार काठमाडौँमा केही पत्रकारहरूसँग कुराकानी गर्दै कांग्रेस नेता डाक्टर कोइरालाले निर्वाचनमा पार्टीको उम्मेदवारलाई चिन्ने र नचिन्ने भन्दा पनि डिजिटल प्रचार शैलीले बढी प्रभाव पार्ने अवस्था आएको बताए ।
डाक्टर कोइरालाले भने, 'सबै प्रतिस्पर्धी छन्। मतदाता मिश्रित छन्। बजार क्षेत्रमा डिजिटल प्रचारको प्रभाव बढी हुन्छ। यसै भन्न सकिँदैन, तर मेहनत गरौँ। हामी जित्नका लागि चुनावमा उठेका हौँ।'
उनले पार्टीभित्रको राजनीति आफ्नो ठाउँमा रहे पनि राष्ट्रिय महाधिवेशन तोकिएकै समयमा हुने र दलको विधान अनुसार अघि बढ्नुपर्ने बताए। उनले भने, 'पार्टी भित्रको राजनीति आफ्नो ठाउँमा छ। वैशाखमा नभए पनि राष्ट्रिय महाधिवेशन हुन्छ। दलको विधान मनन गरेर जानुपर्छ।'
युवा पुस्ताले डिजिटल माध्यमको प्रयोग बढी गर्ने भएकाले उनीहरूलाई डिजिटल अभियानमा जोड्नुपर्ने उनको भनाइ छ। 'डिजिटल भएका छन् मतदाता। युवाहरूलाई डिजिटलमा अघि बढ्नुपर्छ। जनतामाझ पनि पुग्नु पर्छ,' उनले भने।
उनले चुनाव जित्नका लागि मेहनत गर्नुपर्ने र आफ्नो पार्टीको क्यारेक्टरलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण