महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान दुर्घटना, अवस्था गम्भीर
बारामती । भारतीय राज्य महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान बारामतीमा दुर्घटनाग्रस्त भएको छ। बुधबार बिहान करिब ८:४५ बजे मुम्बईबाट बारामतीका लागि उडेको चार्टर विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो।
अजित पवारका एक नजिकका सहयोगीका अनुसार बारामती विमानस्थल नजिकै भएको यस दुर्घटनामा उपमुख्यमन्त्री पवार गम्भीर घाइते भएका छन्। उनी जिल्ला परिषद् चुनावका सन्दर्भमा आयोजित एक जनसभालाई सम्बोधन गर्न त्यसतर्फ जाँदै थिए। विमानमा उनीसँगै केही सुरक्षाकर्मी र उच्च अधिकारीहरू पनि सवार रहेको बताइएको छ।
विमानस्थलमा ओर्लिने क्रममा भएको यो ‘क्र्यास ल्यान्डिङ’ पछि घटनास्थलका तस्बिर र भिडियोहरू सार्वजनिक छन्। सार्वजनिक भएका दृश्यहरूमा विमान पूर्ण रूपमा क्षतिग्रस्त भएको देखिन्छ भने घटनास्थलमा मानिसहरूको ठूलो भिड जम्मा भएको छ।
न्यूज एजेन्सी एएनआईका अनुसार विमान दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ। हालसम्म सरकार वा अस्पतालका तर्फबाट उनको स्वास्थ्य अवस्थाबारे कुनै आधिकारिक बुलेटिन सार्वजनिक गरिएको छैन।
तर, प्रत्यक्षदर्शी र सहयोगीहरूले दिएको जानकारी अनुसार पवारको अवस्था चिन्ताजनक रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण