हिउँदे ओलम्पिक्समा आईसीई एजेन्ट खटाएपछि इटलीमा आक्रोश
सारांश
- आगामी ओलम्पिकका लागि अमेरिकी सुरक्षा सुदृढीकरणमा सघाउन आईसीई एजेन्ट तैनाथ गर्ने भएपछि इटालीमा आक्रोश बढेको छ।
- मिनियापोलिस घटनापछि आईसीई एजेन्टको विदेश उपस्थिति स्वीकार्य नहुने भन्दै सांसदहरूले प्रधानमन्त्रीलाई हस्तक्षेप गर्न आग्रह गरेका छन्।
- अमेरिकी गृह सुरक्षा मन्त्रालयले आईसीई एजेन्ट ओलम्पिकमा सुरक्षा भूमिकामा मात्र रहने र आप्रवासन कार्यान्वयन नगर्ने जनाएको छ।
वासिङ्टन डीसी । आगामी महिना इटालीमा हुने मिलान–कोर्तिना शीतकालीन ओलम्पिकका क्रममा अमेरिकी सुरक्षा सुदृढीकरणमा सघाउन अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आईसीई) का एजेन्ट तैनाथ गरिने भएपछि इटालीमा चर्को आक्रोश बढेको छ ।
हालै अमेरिकाको मिनियापोलिसमा आप्रवासन कारबाहीमा अध्यागमन एजेन्टको गोली लागेर दुई जनाको मृत्यु भएको थियो । सो घटनापछि आईसीई एजेन्टको विदेशमा उपस्थिति स्वीकार्य नहुने भन्दै वर्तमान तथा पूर्व सांसदहरूले प्रधानमन्त्री जर्जिया मेलोनीलाई हस्तक्षेप गर्न आग्रह गरेका छन् ।
अमेरिकी गृह सुरक्षा मन्त्रालय (डीएचएस) ले भने आईसीई एजेन्टको तैनाथी पुष्टि गर्दै उनीहरू ओलम्पिकमा सुरक्षासम्बन्धी भूमिकामा मात्र रहने स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार आईसीईले इटालीमा आप्रवासन कार्यान्वयन गर्ने छैन ।
आईसीईको अनुसन्धान शाखा होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन्स (एचएसआई) ले अमेरिकी विदेश मन्त्रालय अन्तर्गतको डिप्लोम्याटिक सेक्युरिटी सर्भिसलाई सहयोग गर्ने मन्त्रालयकी प्रवक्ता ट्रिसिया म्याकलफ्लिनले बताइन् । उनका अनुसार सबै सुरक्षा कारबाही इटालीकै अधिकार क्षेत्रभित्र हुनेछ ।
यसैबिच,इटालीका गृहमन्त्री माटेओ पियान्तेदोसीले अमेरिकी राजदूत टिलमन फर्टिटासँग भेट गर्दै ओलम्पिक्समा आईसीईको अनुसन्धान शाखा मात्र उपस्थित रहने पुष्टि गरेका छन् । गृह मन्त्रालयका अनुसार ती एजेन्टहरू कूटनीतिक मिसनभित्र सीमित रहनेछन् र मैदानस्तरमा सुरक्षा कारबाही गर्ने छैनन् ।
अमेरिकी आप्रवासन नीतिको बढ्दो आलोचनाबिच हिउँदे ओलम्पिक्समा आईसीईको उपस्थितिले इटालीमा राजनीतिक र सार्वजनिक बहसलाई थप चर्काएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
-
अर्बिट समूहद्वारा भ्याटसहितको वैधानिक पीटीई सेवा सुरु
-
भविष्यका वास्तुकार र डिजाइनरलाई सम्मान गर्दै एशियन पेन्ट्सको पुरस्कार वितरण सम्पन्न
-
राप्रपाको आन्तरिक विवाद : कुटपिट प्रकरणमा ६ महिला कार्यकर्तालाई जरिवाना र उपचार खर्च भराउने फैसला
-
सवारी दुर्घटनामा राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण