इन्जिनियर मोहन देव मल्ल डेढ लाख घुससहित अख्तियारकाे नियन्त्रणमा
बिहीबार, १५ माघ २०८२, २० : १३
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियर मोहन देव मल्ललाई नियन्त्रणमा लिएको छ।
- इन्जिनियर मल्ललाई जनता माध्यमिक विद्यालयको भवन निर्माणको बिल भुक्तानीका लागि घुस लिएको आरोप लागेको छ।
- अख्तियारले मल्ललाई एक लाख ५० हजार घुससहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । बर्दियाको बारबर्दिया नगरपालिका स्थित भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मोहन देव मल्ललाई अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले नियन्त्रणमा लिएको छ ।
बिहीबार अख्तियारले मल्ललाई एक लाख ५० हजार घुससहित नियन्त्रणमा लिएको हो ।
वडा नं. ७ मा रहेको जनता माध्यमिक विद्यालय रम्भापुरको ४ कोठे भवन निर्माण कार्यको अन्तिम बिल भुक्तानीको लागि सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग उक्त रकम घुस लिएको सूचना एवं उजुरीका आधारमा आयोगको बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले मल्ललाई नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीबाट रु.एक लाख ५० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण