एमालेको रोचक विश्लेषण : रास्वपा सहरमा कमजोर, कांग्रेससँग मुख्य प्रतिस्पर्धा
सारांश
- एमालेका अनुसार रास्वपाको प्रभाव सहरमा घटेको छ भने गाउँमा बढेको छ।
- एमाले महासचिव शंकर पोखरेलले रास्वपा काठमाडौंमा प्रतिस्पर्धामा नरहेको बताए।
- पोखरेलले कांग्रेसलाई कमजोर ठान्न नहुने र एमालेको प्रतिस्पर्धा कांग्रेससँगै हुने बताए।
काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव अघिल्लो निर्वाचनको तुलनामा सहरमा घटेको तर गाउँहरूमा बढेको निष्कर्ष निकालेको छ । एमाले महासचिव शंकर पोखरेलले पार्टीले गरेको विश्लेषणअनुसार यस्तो निष्कर्ष सुनाएका हुन् ।
शुक्रबार काठमाडौँमा प्रेस चौतारी नेपालले गरेको साक्षात्कारमा बोल्दै पोखरेलले भने, ‘सहरी क्षेत्र त्यसमा पनि काठमाडौँमा रास्वपा प्रतिस्पर्धामा छैन भन्ने आएको छ ।’ उनले पार्टीको तल्ला कमिटीले गरेको विश्लेषण सुनाउँदै भने, ‘तपाई हामी सबैलाई रोचक र अनौठो लाग्ला । जहाँबाट रास्वपा जन्म भयो त्यहाँ रास्वपा प्रतिस्पर्धामा छैन भन्ने विश्लेषण आइरहेको छ । तर पहिलाको तुलनामा उसको प्रभाव ग्रामीण क्षेत्रमा बढेको पाइन्छ ।’
ग्रामीण क्षेत्रमा रास्वपाको प्रभाव बढे पनि जित्ने तहमा नरहेको आकलन रहेको पोखरेलको भनाइ छ । नेता पोखरेलले यो पटकको निर्वाचनमा पनि एमालेको प्रतिस्पर्धा नेपाली कांग्रेससँग नै हुने विश्लेषण पनि सुनाए ।
‘कांग्रेसलाई प्रचारमा छैन भन्दैमा कमजोर ठान्नु हुँदैन, पुरानो पार्टी र साइलेन्स पार्टी हो । त्यसैले हाम्रो प्रतिस्पर्धा कांग्रेससँग नै हुन्छ’, पोखरेलको भनाइ छ । पोखरेलले रास्वपाका नेता बालेन शाह देशका विभिन्न जिल्ला पुग्दा देखिएको भीडलाई नै आधार मान्ने भए निर्वाचन नै आवश्यक नपर्ने बताए । उनले भने, ‘डेढ लाख मतादाता भएको ठाउँमा चार पाँच हजारको भीड नै निर्णायक हो भन्ने विश्लेषण गर्न थालियो भने चुनाव नै चाहिँदैन ।’
साथै उनले पहिलो पटक चर्चामा आएको मानिस हेर्न भीड लाग्ने गरे पनि दोस्रो पटक जाँदा त्यस्तो भीड नलाग्ने पनि बताए । पोखरेलले यो निर्वाचनमा रास्वपाको ग्रामिण क्षेत्रको मत बढ्ने र सहरी क्षेत्रको घट्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण