ललितपुरको ठेंचोमा माधवनारायणको भव्य नगर यात्रा, तस्बिरहरू
ललितपुर । ललितपुरको ऐतिहासिक बस्ती ठेंचोमा धार्मिक एवं सांस्कृतिक परम्परा अनुसार माधवनारायणको नगर यात्रा सम्पन्न भएको छ। श्री स्वस्थानी व्रत कथाको विशेष अवसर पारेर मनाइने यो जात्रामा ठेंचोवासीको उत्साहजनक सहभागिता रह्यो।
_oO6HyGE3gd.jpg)
यस पटकको नगर यात्रामा खासीमाथि एक बालकलाई राखेर सङ्ख बजाउँदै र जल छर्किँदै नगर परिक्रमा गराइएको छ। स्थानीय मान्यता अनुसार खासीलाई पवित्र तीर्थस्थल गोसाइँकुण्ड र त्यसमाथि सवार बालकलाई भगवान् शिवको प्रतीकका रूपमा पुज्ने परम्परा छ। नगर यात्राका क्रममा श्रद्धालुहरूले विभिन्न रूप धारण गरी आफ्नो शरीरमा दियो र कलश बोकेर नगरका विभिन्न भागहरूको भ्रमण गरेका थिए।
_fhg6cDKaPQ.jpg)
पुस शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण मेला र जात्रा माघ शुक्ल पूर्णिमासम्म चल्ने गर्छ। ललितपुरको ठेंचोसँगै साँखु, भक्तपुर र काठमाडौँका विभिन्न स्थानमा यो मेला विशेष धार्मिक निष्ठाका साथ मनाइन्छ। विशेषगरी माघ शुक्ल द्वादशी र त्रयोदशीका दिन झाँकीसहितको जात्रा निकाल्ने चलन छ।
_Vcle2K8VA1.jpg)
_msVwDXbbFZ.jpg)
_D2hILrC77B.jpg)
_0elEL1KfOM.jpg)
_mPGrFhlrgD.jpg)
_C8cssOl8Tl.jpg)
_Libvc5ncv3.jpg)
_legdIp1WAk.jpg)
_RiraRdymU3.jpg)
_xaMganXtBx.jpg)
_oj3KjGyVIg.jpg)
_jftQQilFNZ.jpg)
_gaAx788xvJ.jpg)
_Ximm2lJMwj.jpg)
_g31ehEdql8.jpg)
_OLJ567PT5o.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण