ट्रम्पले सङ्घीय सरकारसँग १० अर्ब डलर क्षतिपूर्ति माग्दै हाले मुद्दा
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका दुई छोराले सङ्घीय सरकारमाथि अर्बौँ डलर क्षतिपूर्ति मागेर मुद्दा हालेका छन् ।
आफ्नो व्यवसाय र व्यक्तिगत कर भुक्तानीसम्बन्धी डेटा चुहावट भएको मामिलामा मियामीको सङ्घीय अदालतमा मुद्दा हालिएको हो ।
मुद्दा आन्तरिक राजस्व सेवा (आईआरएस) र अर्थ मन्त्रालयविरुद्ध दायर भएको छ । मुद्दामा ट्रम्प र उनका छोराहरूले सङ्घीय सरकारसँग १० अर्ब डलर क्षतिपूर्ति मागेका छन् ।
गोप्य, व्यक्तिगत आर्थिक जानकारी खुलासा हुनबाट रोक्न नसकेको आरोप मुद्दामा लगाइएको छ । अमेरिकी मिडिया आउटलेटहरूलाई करसम्बन्धी जानकारी चुहाएको आरोपमा दोषी ठहरिएपछि ठेकेदार चाल्र्स ‘चाज’ लिटिलजोनले पाँच वर्षको जेल सजाय भोगिरहेका छन् ।
लिटिलजोनले २०२३ मा आईआरएसको लागि ठेकेदारको रूपमा काम गर्दा ट्रम्पसमेत हजारौँ धनाढ्य अमेरिकीहरूको करसम्बन्धी डेटा चोरेको मामिलामा दोष स्वीकार गरेका थिए । २०२४ मा, उनलाई पाँच वर्षको जेल सजाय सुनाइएको थियो ।
२०१६ को चुनावअघि ट्रम्पले लेखापरीक्षण अन्तर्गत रहेको कारणले गर्दा आफ्नो कर भुक्तानी जारी नगर्ने बताएका थिए ।
त्यतिबेला उनी लगभग ५० वर्षमा कागजातहरू खुलासा नगर्ने पहिलो राष्ट्रपति बनेका थिए । उनले २०२० को राष्ट्रपति निर्वाचनको दौडभन्दा अगाडि पनि त्यस्तै भनेका थिए ।
तर त्यसपछि सेप्टेम्बर २०२० मा नोभेम्बरको चुनावभन्दा ठिक अगाडि, द न्यू योर्क टाइम्सले ट्रम्पको कर भुक्तानीबारेमा एक विस्तृत रिपोर्ट प्रकाशित गरिदियो ।
जसमा उनले राष्ट्रपति पद जितेको वर्ष सङ्घीय आयकरमा ७५० डलर मात्र तिरेको र अघिल्ला १५ वर्षमध्ये १० वर्षमा कुनै पनि कर तिरेको खुलासा गरिएको थियो । त्यसको दुई वर्ष पछि सन् २०२२ मा ट्रम्पले आफैँले कागजातहरू जारी गरे ।
आईआरएस र अर्थ मन्त्रालय दुवैको त्यस्ता जानकारीहरूलाई सार्वजनिक रूपमा साझा हुनबाट सुरक्षित र जोगाउने कर्तव्य भएको र यस्तो अनिवार्य सावधानी अपनाउन असफल भएको मुद्दामा भनिएको छ ।
यसका कारण आफूहरूको प्रतिष्ठामा आँच आएको र आर्थिक क्षति भोग्नुपरेको ट्रम्प र उनका दुई छोरा डोनाल्ड ट्रम्प जूनियर, एरिक ट्रम्प र ट्रम्प अर्गनाइजेशनले मुद्दामा भनेका छन् ।
न्यूयोर्क टाइम्स र प्रोपब्लिकामा जानकारी चुहावटबाट सार्वजनिक लज्जा भोग्नु परेको अनि यसले आफूहरूको व्यावसायिक प्रतिष्ठालाई अनुचित रूपमा कलङ्कित गरेको र सार्वजनिक प्रतिष्ठामा नकारात्मक असर पारेको पनि मुद्दामा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण