श्रीमतीको हत्या गरेको भन्दै प्रहरीसमक्ष आत्मसमर्पण
ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनोद तामाङले चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेको भन्दै प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
जिल्ला प्रहरी ललितपुरका सूचना अधिकारी गौतम मिश्रका अनुसार शुक्रबार बिहान ६ बजेको समयमा २३ वर्षीया कोपिला नेपाली र निजका श्रीमान् ३० वर्षीय विनोद तामाङबिच विवाद हुँदा श्रीमानले चिर्पटले हानी श्रीमतीको हत्या गरेको विनोद स्वयंले प्रहरी चौकी टिकाभैरवमा आइ जानकारी गराएका हुन् ।
“दुवै जनाले मादक पदार्थ सेवन गरेको कुरा श्रीमान स्वयंले स्वीकार गरेका छन्, निज श्रीमान आफैँ प्रहरी चौकी टीकाभैरवमा आएर जानकारी गराएका हुन्,” उनले भने, “तत्पश्चात निजलाई नियन्त्रणमा लिई प्रहरी चौकी टीकाभैरव र प्रहरी वृत्त चापागाउँको प्रहरी नायव उपरीक्षक शिला थापाको कमाण्डमा घटनास्थल अनुसन्धान टोली गई लास जाँच मुचुल्कालगायतको प्रारम्भिक अनुसन्धान पूरा भएको छ ।”
शव परीक्षणका लागि पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र अभियुक्त तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सूचना अधिकारी मिश्रले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण