ललितपुरमा श्रीमानद्वारा श्रीमतीको बीभत्स हत्या
शुक्रबार, १६ माघ २०८२, २० : २३
सारांश
- गोदावरी नगरपालिकामा एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरे, प्रहरीले उनलाई नियन्त्रणमा लियो।
- पारिवारिक विवादपछि आक्रोशित श्रीमानले श्रीमतीलाई चिर्पट प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भयो।
- श्रीमतीको हत्यापछि अभियुक्त आफैं प्रहरी चौकी पुगेर घटनाबारे जानकारी गराएका थिए।
ललितपुर । गोदावरी नगरपालिका–७ देउराली डाँडामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्। २७ वर्षीय विनोद तामाङले २३ वर्षीया श्रीमती कोपिला नेपालीको हत्या गरेको अभियोगमा प्रहरीले उनलाई शुक्रबार बिहान नियन्त्रणमा लिएको हो।
पारिवारिक विवादका क्रममा आक्रोशित बनेका विनोदले कोपिलामाथि चिर्पट प्रहार गरेका थिए। टाउकोमा गम्भीर चोट लागेकी कोपिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। श्रीमतीको हत्या गरेपछि अभियुक्त विनोद आफैँ प्रहरी चौकी टिकाभैरव पुगेर घटनाबारे जानकारी गराएका थिए।
आफैँले श्रीमती मारेको जानकारी दिन आएका विनोदलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण