संसदमा देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै पठाउनुपर्छ : अध्यक्ष बिजुक्छे
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसदमा देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै पठाउनुपर्ने बताएका छन् ।
नेपाल मजदुर किसान पार्टीको ५२औँ स्थापना दिवसका अवसरमा आज यहाँ कानुन अध्ययन समाजले आयोजना गरेको ‘न्याय दृष्टि’ पुस्तक सार्वजनिक गर्दै उनले जनताको आफ्नो सही प्रतिनिधि चयन गर्न मतदाताको चेतनास्तरमा पनि वृद्धि हुनुपर्ने बताए ।
अध्यक्ष बिजुक्छेले भने, “जनताले मतदानमार्फत देश र जनताको हितमा काम गर्ने पार्टी र व्यक्तिलाई संसद्मा पठाउनुपर्छ, तब मात्र देश र जनताको हितमा काम हुन सक्छ । मतदान गर्नुअगाडि उम्मेदवारको पृष्ठभूमि हेरेर, उसको क्षमता बुझेर मात्रै मतदान गर्नुपर्छ । जनताको चेतनास्तर सुध्रन आवश्यक छ ।”
देशको पक्षमा कानुन बन्न नसके सङ्कट आउने भन्दै उनले गलत कानुन बनेमा संसदमा लडेर भए पनि परिमार्जन गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण