एल्चेलाई ३–१ ले हराउँदै बार्सिलोना विजयी
सारांश
- बार्सिलोनाले एल्चेलाई ३-१ ले पराजित गर्यो, युवा र अनुभवी खेलाडीको उत्कृष्ट प्रदर्शन रह्यो।
- खेलको छैटौं मिनेटमा लामिन यामलले गोल गरे भने फेरान टोरेसले पनि गोल थपे।
- जितसँगै बार्सिलोनाले रियल मड्रिडसँगको अंक दूरी बढाएर ५५ अंक पुर्यायो।
काठमाडौँ । ला लिगा अन्तर्गत नेपाली समय अनुसार आइतबार बिहान सम्पन्न खेलमा बार्सिलोनाले एल्चेविरुद्ध ३–१ को प्रभावशाली जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका युवा र अनुभवी खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै महत्त्वपूर्ण तीन अंक हात पारे ।
खेलको छैटौँ मिनेटमै लामिन यामलले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । त्यसपछि खेलको २९औँ मिनेटमा एल्चेका आल्भारो रोड्रिगेजले गोल गर्दै खेल बराबरीमा ल्याए । तर पहिलो हाफ समाप्त हुनुअघि नै ४०औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए ।
दोस्रो हाफमा बार्सिलोनाले खेल नियन्त्रणमा राख्दै आक्रमण जारी राख्यो । खेलको ७२औँ मिनेटमा मार्कस रासफोर्डले तेस्रो गोल गरेपछि एल्चे खेलमा फर्कन सकेन ।
यो जितसँगै बार्सिलोनाले अंक तालिकामा दोस्रो स्थानमा रहेको रियल मड्रिडसँगको दूरी बढाउँदै ५५ अंक पुर्याएको छ । रियल मड्रिड ५१ अंक सहित दोस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण