इरानमा ग्यास पड्किँदा पाँच जनाको मृत्यु, दर्जनौँ घाइते
सारांश
- इरानका दुई सहरमा ग्यास चुहावटका कारण भएका विस्फोटमा पाँच जनाको मृत्यु भएको छ।
- बन्दर अब्बास सहरमा भएको विस्फोटमा एक जनाको मृत्यु र १४ जना घाइते भएका छन्।
- आह्वाज सहरमा भएको अर्को विस्फोटमा चार जनाको मृत्यु भएको छ, र एक बालकलाई जीवितै उद्धार गरिएको छ।
तेहरान । इरानका दुई फरक–फरक सहरमा ग्यास चुहावटका कारण भएका विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । अरु दर्जनौँ घाइते भएको स्थानीय अधिकारी र सरकारी सञ्चारमाध्यमले बताएका छन् ।
पहिलो घटना दक्षिणी बन्दर अब्बास सहरमा भएको थियो । यहाँ आठतले आवासीय भवनमा शक्तिशाली विस्फोट हुँदा एक जनाको मृत्यु भएको थियो भने अरु १४ जना घाइते भए । मेहर समाचार एजेन्सीका अनुसार मोअल्लेम बुलेभार्ड क्षेत्रमा रहेको भवनका दुई तला पूर्ण रूपमा ध्वस्त भएका छन् भने आसपासका पसल र सवारीसाधनमा पनि ठुलो क्षति पुगेको छ ।
प्रारम्भिक अनुसन्धानमा ग्यास चुहावट र त्यसको सञ्चय नै विस्फोटको कारण देखिएको बताइएको छ । घाइतेहरूलाई तत्काल नजिकैका अस्पतालमा भर्ना गरिएको छ । सामाजिक सञ्जालमा सैन्य अधिकारी लक्षित गरेर विस्फोट गराइएको भएको दाबीलाई आधिकारिक रूपमा खण्डन गरिएको छ ।
दोस्रो विस्फोट दक्षिण–पश्चिमी सहर आह्वाजको कियानशहर क्षेत्रमा भएको थियो, जहाँ चार जनाको मृत्यु भएको तेहरान टाइम्सले जनाएको छ । उद्धारकर्मीहरूले भग्नावशेषमुनि फसेको एक बालकलाई जीवितै निकालेर उपचारका लागि अस्पताल पठाएका छन् ।
यी घटनाहरू खाडी क्षेत्रमा अमेरिकाले सैन्य उपस्थिति बढाइरहेको र इरानको आणविक कार्यक्रममा दबाब बढिरहेका बेला भएका हुन् । शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अमेरिकासँग वार्ता गरिरहेको बताएका थिए । तर उनले यसबारे विस्तृत जानकारी दिएनन् ।
अमेरिका–इरानबिचको कुनै पनि सम्भावित द्वन्द्व दुवै देश र क्षेत्रका लागि हितकर नहुने चेतावनी इरानी राष्ट्रपति मसूद पेजेश्कियानले दिएका छन् । यसबीच स्थानीय प्रशासनले ग्यास पाइपलाइन र भवनहरूको सुरक्षा जाँच तीव्र बनाउने घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण