जग्गा सङ्घ सरकारको नाममा, साइबर ब्युरो भवन महानगरलाई दिने सहमति
सारांश
- काठमाडौं महानगरपालिकाले वडा २८ मा रहेको जग्गा नेपाल सरकारको नाममा दर्ता गर्न सहमति जनाएको छ।
- सहमति अनुसार, जग्गाको केही भाग समरजंग कम्पनी र बाँकी नेपाल प्रहरी तथा ट्राफिक प्रहरीले प्रयोग गर्नेछन्।
- गृह मन्त्रालयले साइबर ब्यूरोको भवन महानगरपालिकालाई प्रयोग गर्न दिने सहमति जनाएको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २८ स्थित जग्गा नेपाल सरकारको नाममा दर्ता गर्न काठमाडौँ महानगरपालिकाले सहमति प्रदान गर्ने निर्णय भएको छ ।
आइतबार गृह मन्त्रालयमा बसेको बैठकले रामशाहपथमा रहेको ७–०–२–३ क्षेत्रफल जग्गा नेपाल सरकारको नाममा दर्ता गर्न महानगरपालिकाले सहमति प्रदान गर्ने निर्णय भएको कार्यवाहक प्रमुख सुनिता डंगोलले बताइन् ।
यो जग्गा नेपाल सरकारको नाममा दर्ता भइसकेपछि कुल क्षेत्रफलमध्ये कम्तीमा ८ आना जग्गा समरजंग कम्पनी कार्यालय (हाल साइवर ब्युरो रहेको जग्गाको स्वामित्व भएको कम्पनी) र बाँकी जग्गा नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपयोग गर्ने गरी आवश्यक प्रक्रिया अगाडि बढाइनेछ ।
बैठकले नेपाल प्रहरीको साइबर ब्युरोले प्रयोग गरिरहेको जग्गा तथा उक्त जग्गामा रहेको घर काठमाडौँ महानगरपालिकालाई प्रयोग गर्ने गरी गृह मन्त्रालयले सहमति प्रदान गर्ने निर्णय गरेको छ ।
उल्लेखित निर्णयहरूलाई अन्तरसरकार समन्वय, साझेदारिता र सहकार्यका असल अभ्यासका रूपमा लिइएको उनले बताइन् । नागरिक सेवा सहजताका लागि महानगरपालिका आपसी सम्बन्धका निम्ति सदैव तत्पर रहेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण