पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : कस्तो रहनेछ आजको मौसम ?
सारांश
- पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको मौसम प्रभावित छ।
- गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हिमपात/वर्षा भइरहेको छ।
- मंगलबार हिमाली क्षेत्रमा हिमपातको सम्भावनाले जनजीवन र यातायात प्रभावित हुने देखिन्छ।
काठमाडौँ । हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।
हाल तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको र एक-दुई स्थानमा हल्का हिमपात/वर्षा भइरहेको छ साथै कोशी र मधेस प्रदेशमा आंशिक बादल लागेको छ ।
सोमबार तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।
मंगलबार सबै हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेकोले ती भू-भागहरूमा चिसो बढ्ने तथा दैनिक जनजीवन, पर्यटन, पदयात्रा , स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण