बलिङ एक्सन अवैध ठहरिएपछि अमेरिकी अलराउन्डर इसानी वाघेला निलम्बित
सारांश
- आईसीसीले अमेरिकी महिला क्रिकेट खेलाडी इसानी वाघेलालाई बलिङमा प्रतिबन्ध लगाएको छ।
- आयरल्यान्डविरुद्धको खेलमा वाघेलाको बलिङ एक्सनमाथि प्रश्न उठेको थियो, जसपछि निलम्बन गरियो।
- वाघेलाले अब सुधार गरेर परीक्षण नगराएसम्म अन्तर्राष्ट्रिय खेल खेल्न पाउने छैनन्।
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अमेरिकी महिला क्रिकेट टोलीकी अलराउन्डर इसानी वाघेलालाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्न प्रतिबन्ध लगाएको छ। आईसीसीको प्यानलले उनको बलिङ एक्सन अवैध रहेको निष्कर्ष निकालेपछि यो निर्णय लिएको हो।
नेपालमा जारी महिला टी-२० विश्वकप छनोटअन्तर्गत आयरल्यान्डविरुद्धको खेलमा म्याच अफिसियलहरूले उनको बलिङमाथि प्रश्न उठाएका थिए। त्यसपछिको पपुवा न्युगिनीविरुद्धको खेलमा खिचिएको फुटेजलाई आईसीसीको एभेन्ट प्यानलले सूक्ष्म अध्ययन गर्दा उनको हातको हाउभाउ नियमसम्मत नपाइएपछि निलम्बनको निर्णय सुनाएको हो। वाघेलाले अब आफ्नो बलिङ एक्सनमा सुधार गरी पुनः परीक्षण नगराएसम्म अन्तर्राष्ट्रिय खेलहरूमा बलिङ गर्न पाउने छैनन्।
२० वर्षीया मध्यम गतिका बलर वाघेलाले सन् २०२१ मा टी-२० आई र २०२४ मा एकदिवसीय क्रिकेटमा डेब्यु गरेकी थिइन्। उनले अहिलेसम्म ३९ टी-२० आई खेलमा ३१ विकेट र ६ एकदिवसीय खेलमा ४ विकेट लिएकी छन्।
उनी सम्मिलित अमेरिकी टोली छनोट प्रतियोगिताको सुपर सिक्स चरणमा एक खेल मात्र जितेर विश्वकप दौडबाट बाहिरिसकेको छ।
यस छनोटबाट बंगलादेश, आयरल्यान्ड, स्कटल्यान्ड र नेदरल्यान्डले भने आगामी जुन–जुलाईमा इङ्गल्यान्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाइसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा सवारी दुर्घटना बढे पनि मृत्युदर घट्यो
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण