साँखुमा ‘मिःगा पूजा’ सँगै श्री स्वस्थानी व्रत समापन (तस्बिरसहित)
सारांश
- सोमबार स्वस्थानी व्रत विधिपूर्वक सम्पन्न भयो, जुन एक महिनासम्म मनाइन्छ।
- महिलाहरूले परिवारको सुख, समृद्धिका लागि स्वस्थानी देवीको पूजा र कथा श्रवण गर्छन्।
- काठमाडौंको साँखुस्थित शालीनदीमा व्रत समापन गरियो, जहाँ नेवार समुदायले 'मिःगा पूजा' मनाए।
काठमाडौँ । हिन्दु धर्मावलम्वीहरूले एक महिनासम्म श्रद्धापूर्वक पालना गर्ने श्री स्वस्थानी व्रत सोमबार विधिपूर्वक सम्पन्न भएको छ । पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको यो कठोर व्रत माघ शुक्ल पूर्णिमाका दिन समापन भएको हो । विशेषगरी परिवारको सुख, समृद्धि र मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ महिलाहरूले महिनाभर स्वस्थानी देवीको पूजा गर्ने र कथा श्रवण गर्ने गर्छन् ।
यस वर्ष पनि काठमाडौँको साँखुस्थित शालीनदीमा व्रत बसेका भक्तजनहरूले परम्परागत शैलीमा व्रतको समापन गरेका छन् । नेवार समुदायमा स्वस्थानी व्रतको अन्तिम दिनलाई ‘मिःगा पूजा’ का रूपमा मनाउने विशिष्ट चलन छ । शालीनदीमा रहेका व्रतालुहरूले यस पूजामा अण्डाको बलि दिने र पछि त्यसलाई पकाएर प्रसादका रूपमा ग्रहण गरेपछि मात्र व्रत पूर्ण भएको मान्ने गर्छन् । स्थानीय जीवन श्रेष्ठका अनुसार मिःगा पूजा शालीनदीको मौलिक र अनिवार्य परम्परा हो, जसले नेवारी संस्कृति र स्वस्थानी व्रतको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ ।
स्वस्थानी व्रत मूलतः भगवान शिव र पार्वतीको आराधना गर्ने पर्व हो । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेवलाई पतिका रूपमा पाउनका लागि यो व्रत बसेको धार्मिक मान्यता छ । शालीनदीमा लाग्ने एक महिने मेला र त्यहाँ गरिने विविध धार्मिक अनुष्ठानले नेपाली संस्कृतिको विविधता र धार्मिक सहिष्णुतालाई समेत विश्वमाझ झल्काइरहेको छ ।
तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल
































खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण