नेप्से परिसूचकमा झिनो अङ्कको सुधार
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ ।
साेमबार नेप्से परिसूचक एक दशमलव ५३ अङ्कले घटेर दुई हजार ६९५ दशमलव ७३ बिन्दुमा कायम भएको छ ।
आज विभिन्न ३३० कम्पनीका एक करोड ७५ लाख सात हजार ७७६ कित्ता सेयर ९१ हजार ६१ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब २२ करोड ३९ लाख ६५ हजार ६६९ बराबरको कारोबार भएको छ ।
विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
साथै एसवाइ प्यानल नेपाल लिमिटेड, श्रीनगर एग्रोटेक इन्ड्रस्टिज लिमिटेड र हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको रू ४१ करोड ४९ लाख ९९ हजार ६६२ बराबरको १२ लाख ५२ हजार ६६९ कित्ता सेयर किनबेच भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण