अदालत
रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिट अग्राधिकारमा राखेर सुनुवाइ गरिने
सोमबार, १९ माघ २०८२, १८ : ३३
सारांश
- सर्वोच्च अदालतले रेशमलाल चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिटलाई अग्राधिकार दिएको छ।
- अदालतले माघ २१ गते सुनुवाइका लागि पेशी तोक्न आदेश दिएको छ ।
- कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गरेका चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो।
काठमाडौँ । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवार खारेजी विरुद्धको रिटलाई अग्राधिकार दिएर माघ २१ गते सुनुवाइको लागि पेशी तोक्न आदेश दिएको छ ।
साेमबार चौधरीको रिट न्यायाधीशद्वय मनोजकुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले उक्त मुद्दालाई अग्राधिकार राखेर आउँदो माघ २१ गते सुनुवाइका लागि पेसी तोक्न आदेश भएको छ ।
यसअघि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीले दायर गरेको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिएको थियो । साथै अन्तरिम आदेशका विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित बोलाएको थियो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन पत्र दर्ता गरेका उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण