१० बजे १० समाचार : समानुपातिक सूचीबाट ७६ जनाको नाम हटाइयो, बालेनलाई दोस्रो पटक आयोगले सोध्यो स्पष्टीकरण
आज २०८२ माघ १९ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा समानुपातिक सूचीबाट ७६ जनाको नाम हटाइयो, बालेनलाई दोस्रो पटक आयोगले सोध्यो स्पष्टीकरण, निर्वाचन क्षेत्रका लेखाजोखा, केपी ओली लगायतको नाम दुरुपयोग गर्ने अमेरिकी नागरिक पक्राउ, जीतेन्द्रनारायण देवले छाडे एमाले, राष्ट्र बैंकले सार्वजनिक ग¥यो देशको आर्थिक र वित्तीय स्थिति लगायत छन् ।
१. समानुपातिक सूचीबाट ७६ जनाको नाम हटाइयो
प्रतिनिधि सभाको आसन्न निर्वाचनका लागि विभिन्न राजनीतिक दलका तर्फबाट समानुपातिक बन्दसूचीमा यसअघि समावेश गरिएका ७६ जनाको नाम हटाइएको निर्वाचन आयोगले जनाएको छ । सोमबार आयोगले सूचनामार्फत यसबारे जानकारी दिएको हो ।
२. बालेनलाई दोस्रो पटक आयोगले सोध्यो स्पष्टीकरण
निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता भावी प्रधानमन्त्रीमा प्रस्तावित गरिएका बालेन शाहलाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ ।
३. निर्वाचन क्षेत्रका लेखाजोखा
प्रतिनिधि सभाको आसन्न निर्वाचनलाई मध्यनजर गर्दै रातोपाटीले विभिन्न निर्वाचन क्षेत्रमा आधारित रहेर उम्मेदवार, अघिल्ला निर्वाचनको परिणामजस्ता विषय केलाउने गरेको छ । सोही क्रममा सोमबार विभिन्न निर्वाचन क्षेत्रमा आधारित समाचार तयार पारिएको छ ।
४. केपी ओली लगायतको नाम दुरुपयोग गर्ने अमेरिकी नागरिक पक्राउ
अध्यागमन विभागले केपी ओलीसहित राष्ट्रियस्तरका राजनीतिक नेताहरूको नाम उल्लेख गरी पहिचान दुरुपयोग गर्ने कार्यमा संलग्न एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ ।
५. जीतेन्द्रनारायण देवले छाडे एमाले
नेकपा एमालेका नेता जीतेन्द्रनारायण देवले सो पार्टी छाडेको घोषणा गरेका छन् । सोमबार उनले एमालेले जेनजी आन्दोलनलाई नबुझेको र सच्चिनुको साटो विदेशी षडयन्त्रमात्र देखेको भन्दै पार्टी छाड्नु परेको कारण खुलाएका हुन् ।
६. राष्ट्र बैंकले सार्वजनिक गर्यो देशको आर्थिक र वित्तीय स्थिति
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनाको तथ्याङ्कमा आधारित रहेर देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । यस क्रममा देशको समग्र आर्थिक सूचक सन्तोषजनक देखिएको राष्ट्र बैंकले जनाएको छ ।
७. सुनको मूल्य घट्ने क्रम जारी
आइतबार उच्च परिमाणमा घटेको सुनको मूल्यमा सोमबार पनि गिरावट आएको छ । सोमबार सुनको मूल्य प्रतितोला १३ हजार ४०० रुपैयाँले घटेको हो ।
८. रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटलाई अग्राधिकार
सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजी विरुद्ध परेको रिट निवेदनलाई अग्राधिकार दिएर सुनुवाइको लागि पेसी तोकेको छ ।
९. रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दामा भएन सुनुवाइ
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दामा सोमबार पेसी तोकिए पनि सुनुवाइ हुन सकेन । उक्त रिट ‘हेर्न नभ्याउने’ सूचीमा परेको थियो ।
१०. ‘हेभीवेट’ उम्मेदवारका क्षेत्रमा उच्च तहका प्रहरी अधिकृत खटिने
प्रतिनिधि सभा निर्वाचनमा ‘हेभीवेट’ उम्मेदवार रहेका क्षेत्रमा प्रहरी वरिष्ठ उपरीक्षकहरूको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गर्ने गरी प्रहरीले आन्तरिक छलफल गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण