झापामा ट्र्याक्टर दुर्घटना, १ जनाको मृत्यु, ११ जना घाइते
सोमबार, १९ माघ २०८२, २२ : ३२
झापा । यहाँको गौरादह नगरपालिका—४ मा आज साँझ ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । गौरादहबाट स्कुलचनतर्फ जाँदै गरेको प्र न १–०१–००१ त ९७२० नम्बरको ट्र्याक्टर अनियन्त्रित भई गौरादह–४ स्थित रामचन्द्रे खोलाको पुलबाट खोलामा खसको थियो ।
दुर्घटनामा मोरङ रतुवामाई नगरपालिका–८ की ३८ वर्षीया स्वस्तिका मर्डीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएकी उहाँलाई उपचारका लागि निम्स अस्पताल दमक पुर्याइएकामा चिकित्सकले मृत घोषित गरेको उनले बताए । दुर्घटनामा ११ जना घाइते भएका छन् ।
घाइतेहरूको निम्स अस्पताल दमकमा उपचार भइरहेको छ । घाइतेको पहिचान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण