जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला
सारांश
- म्याग्दीको रघुगङ्गा गाउँपालिका-५ को जङ्गलमा दुई थान भरुवा बन्दुक फेला परेको छ।
- प्रहरीले बन्दुक चोरी शिकारी वा निर्वाचनलाई प्रभावित पार्न प्रयोग हुनसक्ने अनुमान गरेको छ।
- प्रहरीले मङ्सिर १५ गतेदेखि 'ब्राभो शेरा' नाम दिएर अवैध बन्दुक खोजी अभियान चलाएको थियो।
म्याग्दी । रघुगङ्गा गाउँपालिका-५ मा पर्ने झीँ गाउँको जङ्गलमा बेवारिसे अवस्थामा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालयको सूचनाका आधारमा पाखापानी प्रहरीचौकीबाट खटिएको टोलीले सोमबार पाखापानीको जङ्गलबाट भरुवा बन्दुक बरामद गरेको हो । जङ्गलमा राखेर रातको समयमा चोरीसिकारीमा प्रयोग हुने गरेको प्रहरीको अनुमान छ ।
बन्दुक बरामद गरेपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । म्याग्दीको ग्रामीण क्षेत्रमा वन्यजन्तुको सिकारमा प्रयोग भइरहेको बन्दुक आसन्न प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित बनाउनसक्ने जोखिमलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको अवैध भरुवा बन्दुक खोज अभियानअन्तर्गत यसअघि ११५ थान बन्दुक फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए । सोमबार पनि सोही अभियानअन्तर्गत खोजी गर्दा बेवारिसे अवस्थामा बन्दुक बरामद भएको उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालयले जिल्लाभरका युनिटलाई परिचालन गरी मङ्सिर १५ गतेदेखि ‘ब्राभो शेरा’ नाम दिएर इजाजत प्राप्त नगरेका भरुवा बन्दुक बरामद तथा सङ्कलन ‘अप्रेशन’ चलाएको थियो । निर्वाचनका बेला स्थानीयले लुकाइराखेको हतियार प्रयोगमा आउनसक्ने भन्दै विभागले बरामद गर्न परिपत्र गरेपछि खोजतलास अघि बढाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
एक महिनाको अवधिमा बेनी नगरपालिकाबाट ११, अन्नपूर्ण गाउँपालिकाबाट १६, रघुगङ्गा गाउँपालिकाबाट ४८, मङ्गला गाउँपालिकाबाट १४, मालिका गाउँपालिकाबाट २०, धवलागिरि गाउँपालिकाबाट छ थान भरुवा बन्दुक बरामद गरिएको थियो ।
अवैध बन्दुक भएमा प्रहरीलाई बुझाउन वा खबर गर्न प्रहरी नायब उपरीक्षक थापाले सबैलाई अनुरोध गरे । अवैध बन्दुकसहित फेला पारेमा पाँच वर्ष कैद र ५० हजार जरिवानाको कानुनी व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण