‘द चेन्ज’ लाई नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा अवार्ड
सारांश
- नेपाली लघु चलचित्र 'द चेन्ज' ले अन्तर्राष्ट्रिय अवार्ड जितेको छ, जसले महिनावारीको समयमा समाजमा व्याप्त कुप्रथालाई उजागर गर्छ।
- काठमाडौँमा सम्पन्न नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा चलचित्रले 'स्पेसल मेनसन अवार्ड' प्राप्त गर्यो।
- यो चलचित्रले यसअघि बंगलादेशमा पनि अवार्ड जितेको थियो र यसमा प्रवण भुसाल, सरिता भारती लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौँ । महिनावारीको समयमा समाजमा व्याप्त कुप्रथालाई उजागर गर्ने नेपाली लघु चलचित्र ‘द चेन्ज’ (परिवर्तन) ले अन्तर्राष्ट्रिय अवार्ड जितेको छ। काठमाडौँमा सम्पन्न सातौँ संस्करणको ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’मा यस चलचित्रले सर्ट फिल्म विधा अन्तर्गत ‘स्पेसल मेनसन अवार्ड’ प्राप्त गरेको हो।
नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा तीन दिनसम्म चलेको उक्त फेस्टिभलमा चलचित्रका निर्देशक डब्बु क्षत्री, मुख्य अभिनेता प्रवण भुसाल र अभिनेत्री सरिता भारतीले अवार्ड ग्रहण गरे। ३९ देशका ८५ वटा फिल्महरू प्रदर्शन गरिएको यस महोत्सवमा ‘द चेन्ज’ले आफ्नो बलियो उपस्थिति जनाएको हो। महिनावारी हुँदा महिलालाई अछुतको रूपमा व्यवहार गर्ने नेपाली समाजको संकीर्ण सोचलाई चलचित्रले मुख्य विषय बनाएको छ।
यो चलचित्रले यसअघि बंगलादेशको बोगुरामा सम्पन्न ‘छैटौँ बोगुरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा पनि सोही विधाको अवार्ड जितेको थियो। लगातार अन्तर्राष्ट्रिय मञ्चहरूमा पुरस्कृत भइरहेको यस चलचित्रमा प्रवण भुसाल र सरिता भारतीका साथै कमला जोशी, माधवराज खरेल, शर्मिला शर्मा र सुरज अधिकारीको अभिनय छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण