शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: गगनले छोडेको काठमाडौँ–४ मा त्रिपक्षीय भिडन्त पक्कादेखि ग्यास ढुवानीमा सधैँ सास्तीसम्म

बुधबार, २१ माघ २०८२, ०० : ००
बुधबार, २१ माघ २०८२

सारांश

  • सर्वोच्च अदालतले स्थानीय तहको केन्द्र सार्ने अधिकार कार्यपालिकाकै भएको ठहर गरेको छ।
  • उपत्यकामा ग्यासको अभाव चर्किएको छ, उपभोक्ता ग्यास उद्योगको कार्यालयमा लाइन लाग्न बाध्य छन्।
  • निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशित गरेको छ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. सर्वोच्चको ठहर

कुनै गाउँपालिकाको केन्द्र कहाँ रहने भन्ने विषय प्राविधिक र प्रशासनिक मात्र हो कि संवैधानिक पनि भन्ने विवादसम्बन्धी मुद्दामा सर्वोच्चले एउटा ल्यान्डमार्क फैसला गरेको छ । सर्वोच्च अदालतले गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र सार्ने निर्णय सम्बन्धी विवादमा केन्द्र सार्ने निर्णय गाउँपालिकाको स्वविवेकीय अधिकार भएको ठहर गर्दै अदालतले त्यस्तो निर्णयमा अगाडि बढेर निर्णय गर्न नहुने फैसला सुनाएको छ ।

२. फागुन २१ मै हुन्छ त चुनाव ?

फागुन २१ मा निर्वाचन हुने हो भने आजको मितिले ठ्याक्कै एक महिना बाँकी छ, तर धेरैलाई अझै पनि लागिरहेको छ – के चुनाव होला त ? अथवा कतिपयलाई यो पनि लागेको छ – के फागुन २१ मै चुनाव होला त ?

३. ग्यास ढुवानीमा सधैँ सास्ती

यतिबेला काठमाडौँ उपत्यकामा ग्यासको अभाव चर्किएको छ । बजारमा ग्यास नपाएपछि उपभोक्ताहरू रित्ता सिलिन्डर बोकेर बालाजुस्थित नेपाल ग्यास उद्योगको कार्यालयमै लाइन लाग्न पुगेका छन् ।

४. रातोपाटी राउन्ड टेबल

 देश प्रतिनिधिसभा निर्वाचनको संघारमा छ । निर्वाचन नजिकिएसँगै राजनीतिक दलका उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्न थालेका छन् । यससँगै दलहरू आ–आफ्ना चुनावी घोषणापत्र लेखनमा पनि व्यस्त छन् ।

५. सिन्धुपाल्चोकमा विरासत जोगाउने र फर्काउने दबाबमा नेकपा

१२ वर्षपछि एक्लै निर्वाचनमा होमिएको नेपाली कम्युनिस्ट पार्टी (साविक माओवादी केन्द्र र एकीकृत समाजवादी) सिन्धुपाल्चोक जिल्लाको दुईवटै निर्वाचन क्षेत्र ‘क्लिन स्विप’ गर्ने दाउमा छ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपाले सिन्धुपाल्चोक–१ बाट माधव सापकोटालाई नै निरन्तरता दिएको छ । सिन्धुपाल्चोक–२ बाट युवराज दुलाललाई उम्मेदवार बनाएको छ ।

नेपाली श्रमिकहरूको आकर्षक गन्तव्य मुलुक दक्षिण कोरिया जान रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा पास भएर बसेकाहरू केही समयदेखि आन्दोलनरत छन् ।

७. ब्याटल ग्राउन्ड काठमाडौँ–४

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै देशभरि चुनाव केन्द्रित गतिविधि बढेको छ । यसमध्ये पनि सधैँ चर्चामा रहने निर्वाचन क्षेत्र काठमाडौँ–४ हो ।

यो क्षेत्र बौद्धिक वर्ग, मध्यम वर्गीय कर्मचारी, व्यवसायीहरूको बाक्लो बसोबास भएको क्षेत्र मानिन्छ । नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले यस क्षेत्रलाई आफ्नो बलियो आधारभूमि बनाएर राष्ट्रिय उचाइ हासिल गरेका थिए, तर  यस पटक उनले यो क्षेत्र छोडेर सर्लाही–४ रोजेका छन् । गगनले आफ्नो उत्तराधिकारीका रूपमा युवा नेता सचिन तिमल्सिनालाई काठमाडौँ–४ मा अगाडि सार्दा यहाँको निर्वाचनलाई झन् रोचक बनाएको छ ।

८. ब्याटलग्राउन्ड: रामेछाप

तामाकोशी र सुनकोशीको काखमा लुटपुटिएको रामेछापमा चुनावी माहौल गर्माएको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनले रामेछापका गाउँबस्तीसम्म चुनावी रौनक छाएको छ ।

९.  उम्मेदवारहरूको अन्तिम बन्दसूची

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गरिएको छ । 
मंगलबार आयोगले उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गरिएको हो । ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिह्नमा कायम भएका ३ हजार १३५ उम्मेदवारहरूको अन्तिम  बन्दसूची प्रकाशन गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए ।

१०. ओली, गगन र प्रचण्डबिच तालमेल सम्भव छ ?

एक्लाएक्लै चुनावी प्रतिस्पर्धा गर्ने घोषणाका साथ उम्मेदवारी मनोनयन दर्ता गरेका प्रमुख राजनीतिक दलबिच ‘अघोषित’ चुनावी तालमेलको चर्चा भइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी माहोल देशभर बढ्दै गएपछि पुराना पार्टी नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू नै आफूलाई असुरक्षित महसुस गर्दै अघोषित चुनावी तालमेल गर्ने प्रयत्नमा लागेको बताइएको छ ।

११. पर्सा–२

प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिँदै जाँदा उम्मेदवारहरू टोल–टोलमा पुगेर मतदातासँग भलाकुसारी गरिरहेका छन् । उम्मेदवारहरू चुनाव केन्द्रित अभियानमा जुटिरहँदा मतदातासमेत विभिन्न राजनीतिक घटनाक्रमको लेखाजोखा गर्दै आफ्नो धारणा र निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रस्ट हुन थालेका छन् ।

१२. खेलकुद

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप