महावीर पुन कुर्सीको लोभले होइन, कानुन बनाउन चुनाव लड्दैछन् : प्रकाश सपुत
सारांश
- गायक प्रकाश सपुतले पूर्वमन्त्री महावीर पुन चुनावमा देशका लागि कानुन बनाउन होमिएको बताए।
- सपुतले पुनलाई चुनाव जितको शुभकामना दिँदै, उनको सादगी स्वभावको प्रशंसा गरे।
- प्रधानमन्त्री सुशीला कार्कीको भनाइपछि आफूलाई पुनको उम्मेदवारीको उद्देश्यबारे स्पष्ट भएको सपुतले बताए।
काठमाडौँ । चर्चित गायक प्रकाश सपुतले पूर्वमन्त्री महावीर पुन कुर्सीको मोहले नभई देशका लागि आवश्यक कानुन बनाउन चुनावमा होमिएको दाबी गरेका छन् । पुनलाई चुनाव जितको शुभकामना दिन म्याग्दीको बेनी पुगेका सपुतले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका पुनले पदबाट राजीनाम दिएर म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । सपुतले सुरुमा महावीर पुन जस्तो सादगी मान्छे पनि मन्त्री भएपछि कुर्सीको रस पस्यो भनेर धेरैले खिसिट्युरी गरेको देख्दा आफूलाई पनि चित्त दुखेको बताए ।
तर, प्रधानमन्त्री सुशीला कार्कीको भनाइ सुनेपछि आफ्नो भ्रम हटेको उनले उल्लेख गरेका छन् । प्रधानमन्त्री कार्कीले महावीर पुन रिसाएर हिँडेको र देशका लागि राम्रा केही कानुन बनाउन खोज्दा तत्कालीन समयमा सहयोग गर्न नसकिएको प्रसंग कोट्याएको सपुतले लेखेका छन् ।
कुनै पनि क्षेत्रमा काम गर्न नीति आवश्यक पर्ने र त्यो काम प्रतिनिधि सभाबाट मात्र सम्भव हुने ठानेर नै पुन चुनावी मैदानमा आएको सपुतको बुझाइ छ । उनले पुनको ‘मन लाग्छ भने दिनुस्, नत्र जसलाई मन लाग्छ त्यसलाई दिनुस्’ भन्ने स्पष्ट र निडर स्वभाव आफूलाई मन परेको बताए ।
म्याग्दीका जनताले आफ्नो विवेक प्रयोग गर्ने भन्दै सपुतले पुनले अरुको कुरा भन्दा पनि आफ्नो मनको आवाज सुनेर उम्मेदवारी दिएकोमा खुसी व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण