दुई भागमा रिलिज हुन लागेको हो राजामौलीको 'वाराणसी' ?
नयाँ दिल्ली । भारतीय निर्देशक एसएस राजामौली हाल आफ्नो आगामी फिल्म ‘वाराणसी’को छायांकनमा व्यस्त छन् ।
यो फिल्म प्राचीन पौराणिक कथामा आधारित रहेको र रामायणसँग जोडिएको बताइएको छ । घोषणा भएको दिनदेखि नै फिल्म दुई भागमा बन्ने अनुमानहरू चर्किएको थियो । अब भने राजामौलीले यससम्बन्धी ‘सस्पेन्स’ हटाएका छन् ।
राजमौलीले ‘बाहुबली’ दुई भागमा बनाएपछि ‘वाराणसी’ पनि दुई भागमा बन्ने अनुमान गरिएको थियो । राजामौलीको एउटा भिडियोले लामो समयदेखि यसबारे चलिरहेका अड्कलबाजी अन्त्य गरेको छ ।
२०२५ मा हैदराबादमा ‘वाराणसी’को लन्चको क्रममा समाचार एजेन्सी स्क्रिन रान्टसँगको कुराकानीमा राजामौलीले वाराणसी एउटा भागको फिल्म हुने बताएका थिए । यसको रनटाइम लगभग तीन घण्टा हुनेछ । सुरुमा यसलाई दुई भागमा बनाउने योजना बनाइएको भए पनि निर्माण सुरु भएको केही समयपछि यो योजना परिवर्तन भएको उनले बताए । दर्शकहरू कथामा डुबे र यसमा रुचि राख्न थाले भने रनटाइम धेरै लामो नलाग्ने कुरामा उनी विश्वस्त थिए ।
'वाराणसी' २०२७ मा रिलिज हुँदै छ । यस फिल्ममा प्रियंका चोपडा, महेश बाबु र पृथ्वीराज सुकुमारन मुख्य भूमिकामा हुनेछन् । यो फिल्म रिलिज हुनुभन्दा धेरै अघिदेखि नै चर्चामा छ । 'वाराणसी'को एक झलक २०२५ को नोभेम्बरमा देखाइएको थियो । दर्शकहरूले यसलाई निकै मन पराएका छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण