८ सहकारीलाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
बिहीबार, २२ माघ २०८२, ०७ : ५८
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न सहकारी संस्थाहरूलाई बहालमा लिएको घर तथा कोठा खाली गर्न अल्टिमेटम दिएको छ ।
८ सहकारी संस्थालाई घर खाली गर्न यसअघि आग्रह गरिए पनि अटेरी गरेको भन्दै महानगरले ७ दिनको अल्टिमेटम दिएको हो । तोकिएको समयमा घर खाली नगरे काठमाडौँ महानगरपालिकाले कानुन अनुसार आवश्यक कारबाही गर्ने चेतावनी दिएको छ।
आशा बचत तथा ऋण सहकारी संस्था, नव सबल सहकारी, युनिफाइड्स बचत तथा ऋण सहकारी संस्था, महाबाैद्ध बचत तथा ऋण सहकारी संस्था, ग्रेट गंगासागर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, सुन्ताखाल बचत तथा ऋण सहकारी संस्था, प्रारम्भिक बचत तथा ऋण सहकारी र ग्रेट गंगासागर बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई महानगरले अल्टिमेटम दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण