बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एप्स्टिन फाइलमा नाम आएपछि गेट्सले आफैँलाई भने ‘मूर्ख’

बिहीबार, २२ माघ २०८२, ११ : १४
बिहीबार, २२ माघ २०८२

सारांश

  • बिल गेट्सले एपिस्टनसँगको सम्बन्धबारे पहिलो पटक बोले, आफूले गल्ती गरेको स्वीकार गरे।
  • अमेरिकी न्याय मन्त्रालयले एपिस्टनसँग सम्बन्धित कागजात सार्वजनिक गरेपछि गेट्सले माफी मागे।
  • गेट्सेले एपिस्टनसँग कुनै गलत गतिविधि नगरेको र उनको सोचबारे अनभिज्ञ रहेको बताए।

वासिङ्टन डीसी । अमेरिकी खर्बपति व्यापारी तथा बहुराष्ट्रिय सफ्टवेयर कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सले एप्स्टिनसँग आफ्नो नाम जोडिएको मामिलामा पहिलो पटक मुख खोलेका छन् ।

हालै अमेरिकी न्याय मन्त्रालयले एप्स्टिनसँग सम्बन्धित करिब करिब ३० लाख पृष्ठका कागजात सार्वजनिक गरेको थियो । यसमा गेट्स मात्रै होइन एलन मस्क लगायतका कयौँ अमेरिकी धनाढ्यको पनि नाम आएको थियो ।

अस्ट्रेलियाको ९ न्यूजलाई दिएको अन्तर्वार्तामा गेट्सले एप्स्टिनसँग समय बिताउनु मूर्खता भएको स्वीकार गर्दै त्यसका लागि पश्चात्ताप गर्दै र माफी मागेका छन् । गेट्सले एप्स्टिनसँग आफूले कुनै गलत गतिविधि नगरेको स्पष्ट पारेका छन् ।

सन् २०१३ मा एप्स्टिनले आफैँलाई लेखेको भनिएको इमेललाई उनले झुटो र कहिल्यै नपठाइएको बताए । ‘उसको सोच के थियो, थाहा छैन । तर उसँग बिताएको हरेक क्षणमा मलाई पछुतो छ,’ गेट्सले भने । पूर्वपत्नी मेलिन्डा फ्रेन्च गेट्सले एनपीआरसँगको अन्तर्वार्तामा एपस्टाइनसँग सम्बन्ध राख्ने धनी व्यक्तिहरूले जवाफ दिनुपर्ने बताएपछि यो प्रतिक्रिया आएको हो ।

मेलिन्डाले गेट्सको एपिस्टनसँगको सम्बन्ध वैवाहिक सम्बन्ध टुट्नुका कारणमध्ये एक भएको बताइसकेकी छिन् । गेट्सका अनुसार उनले एप्स्टिनलाई सन् २०११ मा भेटेका थिए । 

उनले एप्स्टिनलाई गेट्स फाउन्डेसनका लागि दाता जुटाउन सक्ने ठानेका थिए । आफू एप्स्टिनको निजी टापुमा कहिल्यै नपुगेको र कुनै महिलालाई नभेटेको दाबी पनि गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप