रूसले गाउँ कब्जा गर्ने डरले महिलाले किभमा सारिन् पतिको चिहान
किभ । युक्रेनकी एक महिलाले आफ्नो पतिको चिहानलाई गाउँबाट किभमा सारेकी छिन् ।
रुसले आक्रमण गरेर गाउँ कब्जा गर्ने हो कि भन्ने भयमा नतालियाले पतिको चिहान सारेकी हुन् । किभमा सेनाहरूको चिहान रहेको स्थानमा मंगलध्वनि र बन्दुकको सलामीबिच नतालियाले आफ्ना पति भितालीलाई दोस्रोपटक माटोमो पुरिन् । भितालीको तीन वर्षअघि पूर्वी डोनबासमा रुससँग लड्दा ज्यान गएको गियो । उनको पहिलो चिहान गृहसहर स्लोभ्यान्स्कमा थियो । तर रूसी फौज नजिकिँदै गएपछि नतालियाले जोखिम उठाएर शव उत्खनन गरी सयौँ किलोमिटर टाढा राजधानी किभमा ल्याएर शवलाई गाडिन् ।
‘स्लोभ्यान्स्कमा गाड्दा हामीलाई युद्ध चाँडै सकिन्छ भन्ने लागेको थियो । तर मोर्चा नजिकिँदै गयो र भिताली कब्जामा पर्ने डरले मन शान्त भएन,’ सैनिक सम्मानसहितको पुनःदाहसंस्कारपछि नतालियाले भनिन् । भिताली पेशाले सेरोमिक कलाकार थिए । तर २०२२ को शुरुमा रुसले व्यापक स्तरमा युक्रेनमाथि आक्रमण गरेपछि उनी स्वेच्छाले मोर्चामा गए । त्यतिबेला नतालिया गर्भवती थिइन् । दम्पतीको छोरी जन्मिनुअघि नै भिताली मारिए । ‘उनी देशप्रेमी थिए, जान चाहँदैनथे तर जानैपर्थ्यो,’ नतालिया आँसु पुछ्दै भनिन् ।
स्लोभ्यान्स्क अहिले अग्रपंक्तिनजिक छ । नतालियाका अनुसार सहरमा ड्रोन आक्रमण, मिनीबसमा प्रहार र ग्लाइड बमका खाल्डा सामान्य बनेका छन् । पहिले हप्ता–हप्तामा आक्रमण हुन्थ्यो, अहिले दुई–तीन दिनमै हुने उनले बताइन् ।
यसैबिच अमेरिकाको मध्यस्थतामा युक्रेनमा शान्ति स्थापनार्थ वार्ता चलिरहेको भए पनि रूसले आक्रमण तीव्र बनाएको छ । सबैभन्दा संवेदनशील मुद्दा डोनबासको भूभागको भविष्य हो । स्लोभ्यान्स्क यहीँ पर्छ । किभले हालको नियन्त्रणमा युद्ध स्थगन चाहन्छ भने मस्कोले पूरै क्षेत्र हस्तान्तरण गर्नु पर्ने माग राखिरहेको छ । यी राजनीतिक हिसाबकिताबबिच नतालियाजस्ता हजारौँ युक्रेनी परिवार असह्य मानवीय निर्णय लिन बाध्य भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण