रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु
सारांश
- रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ।
- इशनाथ नगरपालिकामा रास्वपा उम्मेदवारको स्टिकर टाँसिएको गाडीले ४ वर्षीया बालिकालाई ठक्कर दियो।
- दुर्घटनामा घाइते भएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको हो, भने प्रहरीले गाडी र चालकको खोजी गरिरहेको छ।
रौतहट । रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा एक जना बालिकाको मृत्यु भएको छ । जिल्लाको इशनाथ नगरपालिकामा रास्वपा उम्मेदवारको स्टिकर टाँसिएको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।
रास्वपाका क्षेत्र नम्बर–२ उम्मेदवार सेख सागिरको बा १५ च ४२४४ नम्बरको गाडीले ठक्कर दिँदा सोही नगरपालिका निवासी सागिर मोहम्मदकी छोरी अल्फा खातुनको मृत्यु भएको रौतहट प्रहरीका प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालले बताए ।
उनका अनुसार बाटोमा खेलिरहेका बेला उक्त गाडीले बालिकालाई ठक्कर दिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो । प्रहरीका अनुसार उक्त गाडीमा रास्वपाको उम्मेदवारको स्टिकर टाँसिएको थियो । तर गाडीमा उम्मेदवार भने सवार थिएनन् ।
ठक्कर दिने गाडी प्रहरीले नियन्त्रणमा लिएको र चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता बस्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण