६० जिल्लाको मतपत्र छापेर सकियो, जनक शिक्षा पुगेर प्रधानमन्त्रीले गरिन् अनुगमन
सारांश
- निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ६० जिल्लाको मतपत्र छपाइ सकेको जनाएको छ।
- सुदूरपश्चिम र हिमाली क्षेत्रका २५ जिल्लामा पठाउन प्याकिङको तयारी भइरहेको छ।
- प्रधानमन्त्री सुशीला कार्कीले मतपत्र छपाइको प्रगतिबारे जानकारी लिँदै जनक शिक्षा सामग्री केन्द्रको अवलोकन गरेकी हुन्।
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ६० जिल्लाको मतपत्र छपाइ सकिएको जनाएको छ । छापिएका मतपत्रमध्ये सुदूरपश्चिम र हिमाली क्षेत्र गरी २५ जिल्लामा पठाउन प्याकिङ गरी तयारी अवस्थामा राखिएको पनि आयोगले जनाएको छ ।
बिहीबार प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत मतपत्र छपाइको विवरणबारे आयोगले बिहीबार सार्वजनिक गरेको हो । डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेलधुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी गरी जम्मा २५ जिल्लाको छपाइ तथा प्याकिङ्ग सम्पन्न भई सकेको आयोगको भनाइ छ ।
प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ गर्नु पर्नेछ । मतपत्र छपाइको काम भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको छ ।
यसैबिच प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि मतपत्र छपाइको प्रगतिबारे जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्की बिहीबार जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा अवलोकन निरीक्षणमा गएर मतपत्र छपाइबारे जानकारी लिएकी हुन् ।
मतपत्र छपाइको अनुगमनमा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित निर्वाचन आयोगका पदाधिकारी पनि सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण