कोशी पाथीभरा इन्डो–नेपाल टी–२० च्याम्पियनसिप : आसाम सेमिफाइनल प्रवेश
झापा । भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा जारी कोशी पाथीभरा इन्डो–नेपाल टी–२० च्याम्पियनसिपमा भारत आसामको रायनोल्यान्ड क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह ‘ए’अन्तर्गत आज भएको पहिलो खेलमा आयोजक भद्रपुर क्रिकेट क्लबलाई पाँच विकेटले पराजित गर्दै लगातार तीन जितका साथ आसाम सेमिफाइनलमा प्रवेश गरेको हो ।
टस जितेर पहिलो ब्याटिङ रोजेको भद्रपुरले निर्धारित २० ओभरमा आठ विकेट क्षतिमा १३७ रन बनायो । जवाफमा आसामले पाँच विकेट क्षतिमा एक बल बाँकी रहँदा १३८ रनको लक्ष्य पूरा गरेको थियो । आसामका लागि अन्तिम बलमा एक रन आवश्यक थियो । भद्रपुरका बलर दीपक बोहोराको अन्तिम बल वाइड भएपछि आसामको जित सुनिश्चित भएको थियो ।
ब्याटिङतर्फ भद्रपुरका कप्तान अङ्कित सुवेदीले ४६ बलमा ५० रन बनाए भने आसामका तर्फबाट कप्तान निविर डेकाले विस्फोटक पारी खेल्दै ४६ बलमा ७२ रनको योगदान दिए । बलिङतर्फ आसामका लागि प्राञ्जल भारालीले चार ओभरमा २७ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने भद्रपुरका तर्फबाट भुवन काबर्कीले ११ रन खर्चिएर दुई विकेट लिए ।
खेलको म्यान अफ दी म्याच ७२ रन बनाएका विजेता टिमका कप्तान निविर डेका भए । उनले ११ हजार नगद पुरस्कार प्राप्त गरे । उनलाई पुरस्कार सौजन्यदाता प्रभा ढकालले पुरस्कार प्रदान गरिन् ।
यसैगरी, आजै समूह ‘ए’ अन्तर्गत नै भारतको नयाँ दिल्ली र नेपालको काठमाडौँबीच प्रतिस्पर्धा भएको छ । खेलमा काठमाडौँले नयाँ दिल्लीलाई सात विकेटले हराएको छ । यो जितसँगै काठमाडौँले सेमिफाइनलको सम्भावनालाई जीवितै राखेको छ भने दिल्लीलाई शनिबार हुने भद्रपुरसँगको खेल जित्नैपर्ने दबाब बनेको छ ।
पहिलो ब्याटिङ गर्दै १८.१ ओभरमा अलआउट हुँदै दिल्लीले दिएको ९६ रनको सामान्य लक्ष्य काठमाडौँले तीन विकेटको क्षतिमा ११.४ ओभरमा पूरा गर्याे । काठमाडौँलाई जित दिलाउन कप्तान इशान पाण्डेले २४ बलमा ४० रनको योगदान दिए भने दिल्लीलाई सस्तैमा समेट्न बलिङतर्फ रुपेश श्रीवास्तव र कमल साहीले चार ओभर खर्चिएर समान तीन विकेट लिए ।
दिल्लीका तर्फबाट व्याटिङमा मयङ्क मल्लिकले ३७ रनको योगदान दिए भने सबाकरिमले दुई विकेट लिए । बलिङमा पनि दुई विकेट लिएका काठमाडौँका कप्ता पाण्डे खेलको म्यान अफ दी म्याच भए । उनले ११ हजार नगद पुरस्कार प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण