कास्कीमा प्रहरीलाई निर्वाचन सुरक्षासम्बन्धी अभिमुखीकरण
सारांश
- आगामी निर्वाचनको सुरक्षाका लागि प्रहरी चौकी र युनिट इञ्चार्जहरूलाई अभिमुखीकरण गरियो ।
- जिल्लाको सुरक्षा अवस्था र रणनीतिका विषयमा छलफल र अन्तरक्रिया भयो ।
- कास्कीमा ९५७ प्रहरी र २,००८ निर्वाचन प्रहरी परिचालन हुनेछन्।
गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ खटिने जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी चौकी र युनिट इन्चार्जलाई निर्वाचन सुरक्षा, आचारसंहितालगायत विषयमा अभिमुखीकरण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीको उपस्थितिमा जिल्लाको सुरक्षा अवस्था र आगामी दिनमा तय गर्नुपर्ने रणनीतिका विषयमा अन्तरक्रिया एवं छलफल भएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
“कार्यालयको नेतृत्वबाट मातहतका कार्यालय र युनिटका प्रमुखलाई निर्देशन प्राप्त भएको छ, निर्वाचन सुरक्षालाई कसरी चुस्त र प्रभावकारी बनाउने विषयमा अभिमुखीकरण गरिएको छ”, उनले भने । कास्कीमा निर्वाचनका लागि ९५७ प्रहरी परिचालन हुनेछन् ।
यस्तै दुई हजार आठ निर्वाचन प्रहरी परिचालन हुने जनाइएको छ । एकीकृत सुरक्षा योजनाअनुसार मतदानस्थलको भित्री सुरक्षा घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन हुनेछन् । दोस्रो तहको सुरक्षा घेरामा सशस्त्र प्रहरी बल र बाहिरी तहको सुरक्षामा नेपाली सेना परिचालन हुने जिल्ला सुरक्षा समितिले जनाएको छ ।
तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा १५३ मतदानस्थल रहेका छन् । जिल्लामा गण्डकी प्रदेशकै सबैभन्दा बढी तीन लाख आठ हजार ५७२ मतदाता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण